मेरो मन नाच्छ अँगालो भरी : नेपाली कविताहरु
कहिले कतै कुत्कुती लागे जस्तो
कहिले मनमा हसरथ जागे जस्तो
भित्र मनमा कता मयुर नाचे जस्तो
एक प्रकारको न्यानो मिठो अनुभव
हृदयको कुनामा मधुरस घोलिए झैं
गर्मीको मौशममा चिसो बतास झैं
मेरो शरीर लाई छोएर त्यो हावाले
मेरा अंग अंगहरुमा स्फ्रुती जगाउँछ
मेरा मन भरी खुशीहरुले भरी दिन्छ
म आनन्द बिभोर हुन्छु गद गद हुन्छु
अंगस्नायुहरु सबै फुर फ़ुराउन थाल्छन
अनि मेरो मन नाच्छ गाउँछ अँगालो भरी
- उत्तम कुमार छेत्री


Post a Comment