मयाँलु पाखामा : नेपाली कविताहरु
खोइ कोनि किन उसैको याद आउँछ
रुवाउँछ मात्र मलाई यहाँ संधै धुरु धुरु
छात्ती चिरिएर आउँछ फाटलै जस्तो
रुवाउँछ मात्र मलाई यहाँ संधै धुरु धुरु
छात्ती चिरिएर आउँछ फाटलै जस्तो
यो मुटु चितकार गर्छ कता हो कता
तेज गराउँछ धुक धुकीहरु पनि मेरो
खल्बल्याउँछ मस्तिष्क हरु पनि सबै
छटपटाउँछ कलेजो पनि उसै उसै मेरो
केवक उसको मधुर मधुर याद हरुमा
लठारिन्छ मन सम्झनाको हुरी बतासमा
एक एक गर्दै आउँछन् पुराना यादहरु
घुम्टो ओडेर मेरो यो मानस पटलमा
अनि हराउँछु म मख्ख परेर ती यादहरुमा
अथाह प्रेमको सागरमा म प्यासा झैं
अझै दिन रात, झरी बादल केवल उसैको
म बाटो कुरी रहेछु यो मयाँलु पाखामा
- उत्तम कुमार छेत्री


Post a Comment