बिस्तारै बिस्तारै मूर्छित हुन्छु म : नेपाली कविताहरु
शरीर क्लान्त छ मन उदाश छ
आज सबै बेरमाइलो लागि रहेछ
हृदय आज तिक्तताले भरिएकोछ
कुनै उत्साहा छैन मन खाली छ
संधै प्रफुल्लित रहने यो मन मेरो
आज कोनि किन सारै बेहाल छ
खुशीले भर्न खोज्छु रिक्तता लाई
झन् ती खालीपनहरु बढेर जान्छन
म फुत्कन खोज्छु निराशा बाट तर
त्यो न्यास्रो त्यो अमिलो पनहरुले
घट्न दिँदैन शरीरका थकावट हरु
थकित अंग हरु अझै शिथिल हुन्छ
अनि खुट्टा हरु लड़ खडाउन थाल्छ
शनै शनै जम्मै अंगहरु निस्प्राण हुन्छ
अनि बिस्तारै बिस्तारै मूर्छित हुन्छु म
- उत्तम कुमार छेत्री


Post a Comment