Header Ads

ब्रिटेनमा नेपाली क्रिकेटर आकाश रावललाई सफलता

लण्डन । नेपाली क्रिकेटरहरुले आफ्नो छबीलाई विश्व क्रिकेटमा चिनाउन प्रयास गरीरहेका छन । यस्तैमा प्रयासमा छन, अछाम स्थायी निवासी आकाश रावल । २३ बषिर्य रावलले क्रिकेटमा सफलता चुम्दै गएका छन् । सन् २००७ मा बेलायत प्रवेश गरे लगत्तै उनले ओल्ड आइजेलवर्थ एण्ड हेस्टन क्रिकेट क्लवबाट खेल्न थालेका थिए । आकाशले यो सिजनमा उत्कृष्ट प्रदर्शन गरेर योङ प्लेयर अफ दि इयर उपाधि समेत प्राप्त गरेका छन् । उनले यो सिजनमा ओल्ड आइजेलवर्थ एण्ड हेस्टन क्रिकेट क्लवका तर्फबाट मिडिलसेक्स लिग खेलेका थिए र प्रत्येक लिगमा उनको स्कोर सरदर ३६ ब्याटिङ र २ विकेट्स रह्यो । उनले यस वर्ष ८ ओभरमा ६ विकेट्स ल्याउन सफल भए । हाल डिभिजन ३ मा खेलिरहेका आकाश भविष्यमा डिभिजन १ मा खेल्ने सपना छ । जति नै व्यस्त र तनावपूर्ण जीवनशैली भएपनि खेलप्रति लगाव भएमा सफलता चुम्न सकिने विश्वास आकाशमा छ । सानै उमेर देखि क्रिकेटप्रति उनको मोह बसेको थियो । आफ्नो परिवार मुम्बइ बसाइ सरेपछि आकाशले स्कुल पढ्दा देखि नै त्यहीं बसेर क्रिकेटलाई निरन्तरता दिएका थिए । बेलायतमा अध्ययन, जागिर र अन्य कारणले आकाशले क्रिकेटमै फुलटाइम भने खर्चन नसकेको बताए । कुनै बेला रेष्टुरेन्टमा काम गर्दा क्याप्टेनलाई भनेर हतार हतारमा खेल सकेको सम्झना पनि उनीसंग छ ।
Powered by Blogger.