असीम राईका नेपाली कबिता - मेरो शहर खर्साङ्ग
छेउ कुना चोरिएर उब्रिएको कुचारो सडकमा
मोटर गाडी र मान्छे कुम दाँजेर हिंड्ने गर्छन
जहाँ रेलगाडीले "खै खै दाई" भन्दै हिंड्नु पर्छ
एम्बुलेंसभित्रको बिरामीले
सडक बिचमा
ग्यास सिलिण्डर बाँडेको दृश्य देख्छ
जहाँ पहरामा उनिएर अल्झेका घरहरुमा
दिनै पिछे झन्डा फेरिन्छ
विद्द्याको केन्द्र मानिने मेरो शहरमा
जनसभाहरुमा स्कूलहरु छुट्टी हुने गर्छ
सरकारी अस्पतालको सहुलियतहरु सब
प्राइबेट च्याम्बरतिर सर्छ
यस्तै छ मेरो शहर जहाँ
हरेक रात बाटो ढाकेर
भुस्स्याहा कुकुहरुले जुलुस गर्छ...
मोटर गाडी र मान्छे कुम दाँजेर हिंड्ने गर्छन
जहाँ रेलगाडीले "खै खै दाई" भन्दै हिंड्नु पर्छ
एम्बुलेंसभित्रको बिरामीले
सडक बिचमा
ग्यास सिलिण्डर बाँडेको दृश्य देख्छ
जहाँ पहरामा उनिएर अल्झेका घरहरुमा
दिनै पिछे झन्डा फेरिन्छ
विद्द्याको केन्द्र मानिने मेरो शहरमा
जनसभाहरुमा स्कूलहरु छुट्टी हुने गर्छ
सरकारी अस्पतालको सहुलियतहरु सब
प्राइबेट च्याम्बरतिर सर्छ
यस्तै छ मेरो शहर जहाँ
हरेक रात बाटो ढाकेर
भुस्स्याहा कुकुहरुले जुलुस गर्छ...


Post a Comment