Header Ads

पागल भएको बादल हरु : नेपाली कविताहरु


पागल भएको बादल हरु,
साहरा बनेछ पानी को,
जाल हारीमा श्राप परेछ,
समुन्द्र भित्र रानी को |


पक्षताप को धार मा पछाडी परी,
संघार मा छुरी ले काटिन्छ,
बन्द रहेछ ताला हरु,
जिन्दगी भने साटिन्छ |


हेर किनार मा डगमगाएछ,
एक थुप्रो आज मासुको,
कसले पीर बिझी दिन्छ,
गाला भरी आँसु को |


भजन भरिएको लगन हरु,
जम्मा भएछ किनार मा,
तिन रेखाको को जिन्दगानी,
हामी मान्छे को निधार मा |


तितो घुँटको को तिर्खा हरु,
घुमेको चक्र मा साँचो रहेछ,
भूल ले छोपेको पर्दा भित्र,
साँचो भगवान को खाँचो रहेछ |


रोई रहेको गुफा भित्र,
भगवान बाँधिएको तार,
स्वार्थ भरिएको मन्दिर भित्र,
कसरी गर्नु पार |


चारैतिर अन्धकार मा,
खुन डुबेको धाको हरु,
अघि पछी जीवन साँची,
बली रहेको आगो हरु |

Powered by Blogger.