अन्त कहाँ जाउला - नेपाली कविता
देव बहादुर थापा मगर
बिश्वस गर हे प्रिय मेरी म चाडै आउला
सजौला केश फुल बनि लाली बनि आहार
चुरा बनेर नारी अनि गजल बनि नजर
सिन्दुर बनेर तिम्रो उजाड सिउदो सजौला
बिश्वास गरहे प्रिय मेरी म चाडै आउला
तिम्रो उजाड वाग भरि फुल भइफुलु ला म
तिम्रै अधेरी रातभरी जुन भइ डुलुला म
मिलेर हामी प्रेम को नया बस्ति बसाउला
बिश्वास गर हे प्रिय मेरी चाडैम आउला
Post a Comment