Header Ads

खै स्वीटजरल्याण्ड ?- सुन्दाश

छेवाङ योञ्जन
कालेबुङ . राज्यको तृणमूल सरकारले पहडवासीलाई अवहेलन गरिरहेको माकपाको आरोप छ। बंगालमा सरकार परिवर्तन हुन साथ दार्जीलिङ पहाडलाई स्वीटजरल्याण्डमा परिणत गरिदिने मुख्य मन्त्री ममता ब्यानरर्जीको वचा छुटो सावित भएको माकपा नेता तारा सुन्दाशको भनाइ रहेको छ। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरि माकपाका तारा सुन्दाशले राज्यमा वितरणहुने सरकारी राशिन सम्बन्धी मुद्धा लिएर तृमूल सरकारको आलोचना गर्दै पहाडमा खै! त स्वीटजरल्याण्ड भन्दै प्रशन उठाएका छन्।सुन्दाश अनुसार मई महिनामा राज्यमा तृमूल सरकार गठ्न हुन साथै मुख्या मन्त्री ब्यानरर्जीले बंगालको जंगलमहल अनि पहाडवासीहरुलाई डबल सरकारी राशन वितरण गर्ने घोषण गरेकी थिन्।तर आज आएर केवल जंगल महलका वासीन्दाहरुले मात्र मुख्य मन्त्रीले घोषणा गरेको आधारमा सरकारी राशन पाएको यता पहाडवासीले भने सरकारी राशन सम्बन्धी विभिन्न प्रकारको समस्याहरुको सामना गर्नु परिरहेको छ।

सुन्दाशले आज पत्रकारहरुलाई सम्बोधन गर्दै कालेबुङको जनातले तीन हप्ता अघि देखि एमआर सोप बाट आटा.गहु नपाएको बताउँदै यस हप्ता पनि एमाअर सप बाट आट, गहु आदि सामग्रीहरु पाउन नसकिने आशंक प्रकट गरेका छन्।यस बिषय सम्बन्धी जिल्ला खाध्य नियंत्रक संग सम्पर्क गर्दा उनले आफुलाई ती खाध्य सामग्रीहरु नआएको जानकारी दिएको अनि यता शहरको एमआर सप मालिक संग सम्पर्क गर्दा उनले आफुलाई पैसा बुझाए पनि सरकारी राशिन भने पाउन नसकेको गुनासो राखेको बताएका छ्न।इसाई धर्मावलम्भीहरुको महान पर्व क्रिसम्सको समय यसरी सरकारी राशन दोकानहरुमा खाध्य सामग्री पर्याप्त नभएको बारे जानकारी लिन आफु महकुमा अधिकारी ,जिल्ला खाध्य नियन्त्रक अनि महकुमा खध्य नियन्त्रकहरु संग सम्पर्क गरेको उनले जनाएका छन।एफसीआइले सिक्किमलाई खाध्य सामग्री प्रदान गरिरहेको छ तर खै! स्वीटजरल्याण्डको जनतालाई सरकारी राशन भन्दै सुन्दाशले आज मुख्य मन्त्री ब्यानरर्जीको घोषणामाथी व्यङ्ग्य कसेका छन्।

छेवाङ योञ्जन
स्वीटजरल्याण्डको जनताले रोटी खान नपाएको बताउँदै उनले पाचँ रुपया सत्तर पैसामा पाउने आटा अनि पाचँ रुपयामा पाउने गहु बन्द भयो तर बजारमा भने हाल ती सामग्रीहरुको मुल्य दर बडोतरि गरेकोमा आपती जनाएका छन्।कालेबुङ बजार ,खासमल अनि अलगडाको निम्ति चामल र चिनी एक सय पचास ग्राम एक व्यक्तीले पाउने अनि गुरुवथानको निम्ति एक सय गरेर चिनी पाउने निर्णय भए पनि सो निर्णय यस वर्षाको निम्ति मात्र हुन सक्ने उनको भनाइ छ्।अर्को वर्षा देखि चिनी पाउन नस्कने कुरामा सुन्दाश अडिक छन।ममता ब्यानरर्जीले पहाड्को विकाश गर्ने वाचा गरे पनि सो आज सम्म पुरा हुन नसकेको उनले जनाएका छन।मुख्य मन्त्री ब्यानरर्जीले पहाड प्रति कोलटे निती गरेको कारण नै आज आएर मोर्चा अध्यक्ष स्वयमले फेरि आन्दोलन शुरु गर्ने शंकेत दिएको उनले बताएका छन।पहाडको उन्नती अनि विकाशको निम्ति माकपा सरकार संग लडाई गर्न तयार रहेको बताउँदै उनले अब पहाडको निम्ति छुट्टै एफसीआइ हुनु पर्ने माग गरेका छन।




No comments

Powered by Blogger.