स्वरसम्राज्ञी अरुणा लामाको परिचय : नाइटिङ्गेल अफ हिमालय
अरूणा लामा प्रसिद्ध नेपाली गायिका थिइन सुमधुर स्वरकी धनी अरूणा स्वर किन्नरीका रूपमा परिचित थिइन अरूणा लामा सेप्टेम्बर ९, १९४५ मा दार्जीलिङको घूम पहाडमा जन्मेकी थिइन उनका बाबु सूर्यबहादुर लामा र आमा सानमाया लामा थिए। अरुणा लामाले प्राय: वेदना, व्यथा र पीडाका गीतहरू मात्र गाइन एकातिर अरुणाको स्वरमा जन्मजात कारुणिकता भरिएको थियो भने अर्कातिर उनको जीवन सङ्घर्षैसङ्घर्षले बेरिएको थियो, व्यथै व्यथाले भरिएको थियो र दुक्खै दुक्खले चुलिएको थियो । मानौँ अरुणाको जीवन नै एउटा दुखात्मक कथा थियो अनि यही कथा नै नेपाली साङ्गीतिक फाँटमा एउटा ज्वलन्त करुणाको उदाहरण बनेर अरुणाको उदय भयो । अनि त्यही कथाले नै उनी स्वरकिन्नरी भइन, मेलोडी क्विन भइनर नाइटिङ्गेल अफ हिमालय भइन्न त्यतिमात्र होइन गीतका पारखीले उनलाई ट्राजेडी क्विन पनि भन्थे ।
यी सबै बेहोरालाई जोडेर छोटकरीमा अरुणा लामाको परिचय दिँदा उनी स्वरसम्राज्ञी थिइन। अरुणाको रिकर्डिङ भएको पहिलो गीत थियो 'हे कान्छा मलाई सुनको तारा खसाइदेऊ न! ' यो गीत उनले रेडियो नेपालमा २०१६ सालमा रिकर्डिङ गराएकी थिइन। पहिलो गीत रिकर्डिङ गरेको अर्को वर्षअर्थात २०१७ सालमा यिनले दार्जीलिङको गभर्नमेन्ट कलेजबाट स्तातक उत्तीर्ण गरिन । नेपाली गीतिफाँटमा अरुणाको एउटा बेग्लै स्वणिर्म अभिलेख, विशिष्ट स्थान र अभूतपूर्व देन रहृयो । नेपाली गायनको इतिहासमा हाँसीहाँसी पनि वेदनाको गीत गाउने कलाकारमा अरुणा सर्वोत्कृष्ट मानिन्छिन। उनको यही कारुणिक स्वरलाई हृदन्तरदेखि स्वीकार्दै नेपाली गायनकी शिखर तारादेवीले भनेकी थिइन ‘दुक्ख र वेदनाको स्वरबाट अरुणाले नेपाली परिवेश ढाकेकी थिइन।’
उदास मेरो जीवनकथा कसैलाई भनिनँ
यो जन्मभरि सहेको व्यथा त्यो पनि भनिनँ ।
(स्वर : अरुणा लामा, सङ्गीत: नारायणगोपाल, शब्द:भैरवनाथ रिमाल कदम)
अरुणाको जन्म दार्जीलिङको घुमपहाडमा २००२ साल भदौ २४ गते आइतबार भएको थियो । अनि यिनको चिनाको नाउँचाहिँ दाँतेमा तामाङ थियो । उनी सानैदेखि नाच्न, गाउन भनेपछि हुरुक्कै हुन्थिन। सानामा गीत गाउँदा यी अग्लो माइकमा पुग्न सक्तिनथिन तर त्यस्तो स्थितिमा यिनलाई यिनका बाबुले काँधमा बोकेर माइकसम्म पुर्याइदिन्थे । सातआठ वर्षी हुँदा उनले गीत गाएर दार्जीलिङ हल्लाएकी थिइन। पन्ध्रसोह्र वर्षो झलझलाउँदो उमेर टेकेपछि अरुणाको गीत गाउने रहर, गीतको सुरताल र गीतका शब्दहरूले कञ्चनजङ्घाको टुप्पो छोइसकेका थिए । त्यसपछि यी निरन्तर गीतगायनमा नै चुलिँदै गइन। अरुणा १३ वर्षी हुँदा यिनको भेट शरण प्रधानसँग भएको थियो । अम्बर गुरुङसँग सङ्गीत सिक्न जाँदा शरण र अरुणा एकअर्का प्रतिको आकषार्मा झुन्डिएका थिए । परिणामस्वरूप अरुणा लामाले १९ वर्षटेक्नासाथ शरणको इच्छालाई स्वीकार गर्दै उनीसँग बिहे गरेकी थिइन् । २०२० साल असार २५ गतेदेखि अरुणा वैवाहिक जीवनमा प्रवेश गरिन। बिहेअघि र पछि यी दम्पति स्कुलको शिक्षण पेसामा आबद्ध थिए । अरुणा र शरणको मिलनबाट एउटी छोरी सपना र एउटा छोरा सुप्रित जन्मे । छोरी सपना पनि गीतगायनमा अग्रसर भइन। अरुणा र शरणको दाम्पत्य जीवनको १० वर्षपुग्दानपुग्दै अरुणाका जीवनमा एउटा विनाशको हुन्डरी आयो, एउटा कालो आँधी आयो र उनका टाउकामा पृथ्वी नै आएर थेचारियो।अर्थात् भनौँ शरण प्रधान मुर्छा पर्दापर्दै संसारबाटै बिदा भए। अनि फेरि अरुणा रुन थालिन :
पोहोर साल खुसी फाट्ता जतन गरी मनले टालेँ
त्यही साल माया फाट्ता त्यसलाई पनि मनले टालेँ
यसपालि त मनै फाटयो केले सिउने केले टाल्ने हो ?
(स्वर :अरुणा लामा, सङ्गीत: अम्बर गुरुङ, शब्द : राजेन्द्र थापा)
अरुणा आफ्ना पतिको निधनपछि झोक्राएर घरैमा बसिन तर छ महिनापछि यिनलाई कर्म योञ्जनले जबर्जस्ती रङ्गमञ्चमा पुर्याए । त्यसपछि उनी त्यहीँ रत्तिन थालिन । पुन: उनी गीत गाएर आफ्नो निष्ठामा समर्पित हुन थालिन् । आफ्ना पतिको देहान्त भएपछि अरुणालाई आर्थिक अवस्थाले सारै रन्थन्याउन थाल्यो । तर पनि यी आफ्ना यात्रामा संघर्षरत रहिन। एकातिर जागिर र अर्कातिर आफ्नो गायनलाई पनि उचाल्दै यी निरन्तर अगि बढिन। यिनको सङ्गीतप्रतिको झुकावले नेपाली समाज यिनीप्रति नतमस्तक रहृयो । उनको गायनको सीप र गलाको भाकाले नेपालीहरूलाई एकछत्र प्रेममा डुबाउन थाल्यो । अरुणाको गायनले नेपाली धतीर्मा राम्ररी जरा गाडिसकेको थियो । गायनमा लामो सेवा र निपुणतापूर्ण काम गरेबापत उनी प्रबल गोरखा दक्षिणबाहुबाट विभूषित भइन।

साथै उनले छिन्नलता पुरस्कार, भानु अकादमी पुरस्कार, मित्रसेन पुरस्कारलगायत नेपाल तथा भारतबाट थुप्रै पुरस्कार, सम्मान र अभिनन्दनहरू पनि ग्रहण गरेकी थिइन। त्यति मात्र होइन २०५० सालमा सीताराम प्रज्ञाप्रतिष्ठानद्वारा 'अरुणा लामा: स्वणिर्म साँझ' कार्यक्रमको आयोजना गरिएको थियो।त्यो अत्यन्तै ठूलो साङ्गीतिक आयोजना थियो । सो आयोजनाको मञ्चमा अरुणाका हातमा दुई लाख पैँसट्ठी हजार रुपियाँ राशिका साथै 'स्वरकिन्नरी'को उपाधि पनि अर्पित गरिएको थियो । साथै सो समारोहमा नरेन्द्रराज प्रसाईद्वारा सम्पादित 'अरुणा लामा: कथा र व्यथा' नामक पुस्तक पनि लोकार्पण गरिएको थियो । त्यस दिन अरुणाले नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमा उत्साह, उमङ्ग र साहसका साथ आफ्ना मीठा स्वरहरू श्रोतासमक्ष अर्पण गरेकी थिइन। त्यो भव्य समारोहमा उनले अठारवटा नेपाली गीत गाएकी थिइन र प्रत्येक गीतमा दर्शकको ताली पाएकी थिइन ।
सूर्यबहादुर लामा र सनमाया तामाङकी कान्छी छोरी अरुणा लामा समस्त नेपाली सङ्गीतका पूजारीकी साझा सन्तान बनिन। उनी जस्ती स्वरसाधिकाले नेपाली गीत गाएर नेपाली भाषालाई आफ्नै प्रकारले सिँगारिन। शब्दलाई घाँटीमा गलाएर कोइलीले झैँ स्वर प्रदान गर्ने उनको दैवी कला थियो । तर उनले १५० भन्दा बढी गीत रिकर्ड गर्न भ्याइनन। अरुणा औषधीउपचारका लागि दार्जीलिङबाट काठमाडौँ आइन। उनलाई कुनै औषधीले पनि बचाउन सकेन । कैयौँ नेपालीहरू उनलाई बचाउन उनका छेउ पुगे । तर लाखौँ नेपालीले पनि उनलाई कालका मुखबाट छुटाउन सकेनन।अन्तत: नेपाली गायनकी स्वरसम्राज्ञीको भौतिक चोला यस पृथ्वीबाट २०५४ साल माघ २२ गते अन्त्य भयो ।
सबैले भन्थे मायालु फूल भई आँखामा फुल्छु
कमैर्ले हजुर आँसुमा म फुलेँ
म आफैँ भन्थेँ जिन्दगी आफ्नै हातले लेख्छु
कुन मनले हजुर गीतमा म भुलेँ ।
(स्वर :अरुणा लामा, सङ्गीत र शब्द : अम्बर गुरुङ)
सबैले भन्थे मायालु फूल भई आँखामा फुल्छु
कमैर्ले हजुर आँसुमा म फुलेँ
म आफैँ भन्थेँ जिन्दगी आफ्नै हातले लेख्छु
कुन मनले हजुर गीतमा म भुलेँ ।
(स्वर :अरुणा लामा, सङ्गीत र शब्द : अम्बर गुरुङ)
केही लोकप्रिय गीतहरू
ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न (पहिलो गीत)
फूललाई सोधेँ
पोहोर साल खुशी फाट्यो
नेपाली गौरव गर्छौं आफ्नै पनमा
मनमा तिम्रो
हाँगा हाँगा पातबाट
उदास मेरो जीवन कथा
एक्लै बस्दा सधैं मलाई
सबैले भन्थे
हेर न हेर कान्छा
उडी जाऊँ भनें म पंछी होइन
हिमालसरी म अग्लिरहेछु
चौतारीमा बसेर रुन पाऊँ
मनको पीर आँसुले धुन पाऊँ
(स्वर : अरुणा लामा , सङ्गीत र शब्द: गोपाल योञ्जन)

Post a Comment