Header Ads

ह्याप्पी बर्थडे : करिना ३३ बर्षमा, लण्डनमा भब्य पार्टी

१३ बर्ष अघि चलचित्र ‘रिफ्यूजी’बाट बलिउडमा प्रवेश गरेकी नायिका करिना कपुर आजैको दिनबाट ३३ बर्षमा प्रवेश गरेकी छिन् । बलिउडका नायक सैफअलि खानसँग बिहे गरेपछि करिनाले पहिलो पटक जन्मदिन मनाउन लागेकी हुन् । पनि खान दम्पत्तीका लागि यो पल निक्कै अविस्मरणिय हुनेछ । करिनाका लागि सैफले लण्डनमा भव्य पार्टीको आयोजना गर्दैछन् । यो पार्टीमा उनका निकटका साथी र आफन्तहरु सहभागी हुने बताइएको छ । बलिउडमा करिना आज पहिलो नम्बरको नायिकाको रुपमा गनिन्छिन् । यसका लागि उनले राम्रै पाँपड पेलेकी छिन् । पछिल्लो समय बलिउडमा उनलाई चुनौती दिने अन्य नायिकाहरु आएतापनि करिनाको स्थान कसैले खोस्न सकेको छैन ।
 
 

Powered by Blogger.