Header Ads

अमेरिकाको गोलीकाण्डको दोषीको पूर्व नौसैनिकको रुपमा पहिचान

वासिङटन : उन्नाईसौं शताब्दीमा निर्मित वासिङटन डिसी स्थित अमेरिकी नौसेनाको सबैभन्दा पुरानो नेभि यार्डमा १२ जना मानिसहरुलाई मारेको बताईएका एकजना बन्दुकधारी आफु पनि मरिएका छन्। प्रहरीका अनुसार गोली हान्ने ती व्यक्ति एक जना ३४ वर्षीय मानिस हुन जसले पहिले नौसेनाको जगेडा सैनिकको रुपमा काम गरेका थिए। फोर्ट वर्थ टेक्ससका ती पुर्व नौसैनिक आरोन एलेक्सीस वासिङटन नेभि यार्डमै प्रहरीसंगको गोली हानाहानमा मारिएका थिए। सोमबार स्थानिय समय बिहानको साढे आठतिर भएको सो हमलामा झण्डै एक दर्जन मानिसहरु घाईते भएका छन्। प्रहरीले घटनास्थलमा अर्को कुनै बन्दुकधारी छ, छैन निश्चित नगरुन्जेल मानिसहरुलाई त्यहाँबाट टाढै बस्न आग्रह गरेको थियो । घटनापश्चात अमेरिकि राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति भवन व्हाईटहाउस तथा अमेरिकि संसद रहेको स्थान क्यापिटल हिलमा राष्ट्रिय झण्डा आधा झुकाउन आदेश दिएका छन्। 

यस्तो प्रकृतिको फेरि अर्को एउटा घटना भएकोमा आफु दुखी भएको बताउँदै राष्ट्रपति ओबामाले त्यसलाई “कायरतापूर्ण व्यवहार” भन्दै निन्दा गरेका थिए। घटनाका बेला आफु त्यहीं रहेको बताउँदै एक जना प्रत्यक्षदर्शी टेरी डरह्यामले भनिन, “हामीले उसको अनुहार त देख्न सकेनौं तर उसको हातमा राईफल देख्यौं। उसले हामीतिर ताकेर गोली चलाउन थाल्यो र गोली माथि भित्तामा लाग्यो। हामी भाग्ने प्रयास गरिरहेका थियौं।” प्रत्यक्षदर्शीहरुका अनुसार कार्यालयका कर्मचारीहरुमाथि ती बन्दुकधारीले चमेना गृह छेउछाउ तथा भवन भित्र जाने बाटोमा गोली हान्न शुरु गरेका थिए जहाँ कडा सुरक्षा हुन्छ। वासिङटन डिसीकी प्रहरी प्रमुख क्याथी लेनियरले संवाददाताहरुलाई बताए अनुसार ती बन्दुकधारी प्रहरीसंगको गोली हानाहानमा मारिएका थिए। “त्यसो नभएको भए उनले गोली हान्ने क्रम जारी नै राख्ने थिए” उनको भनाई थियो। 

एलेक्सीस, पहिले त्यहींका जागिरे भएपनि उनले किन सेनाको जागिर छोडका थिए र त्यहाँ अहिले कसरी प्रवेश पाए भन्ने कुरा स्पष्ट छैन। हमलाको उद्देश्यबारे पनि पत्ता लाग्न सकेको छैन। आफ्नो नाम नखुलाएका एकजना नेभि अधिकारीले रोयटर्स समाचार संस्थालाई बताए अनुसार एकपछि अर्को नराम्रो व्यवहार प्रदर्शन गरेका कारण उनलाई कामबाट निकालिएको थियो। वासिङटनका मेयर भिन्सेन्ट ग्रे ले एक पत्रकार सम्मेलनमा यो गोलीकाण्ड डरलाग्दो भएको बताएका थिए। यो घटना नेभल सी सिस्टम कमाण्डको हेडक्वाटरमा भएको हो जसले नौसेनाका लागि पनडुब्बि र जहाजहरु किन्ने, बनाउने, मर्मत संभार गर्ने, आदि गर्दछ।



Powered by Blogger.