Header Ads

नेपालमा फेरि विश्वकै होचा ब्यक्तिमा अर्का दावी

एएफपी
काठमाण्डौ ।
विश्वकै होचा व्यक्तिका रुपमा खगेन्द्र थापामगर र चन्द्रबहादुर डाँगीले गिनिज बुकमा नाम लेखाएपछि अर्का होचा नेपालीले पनि त्यसमा नाम लेखाउने तरखर गरिरहेका छन् ।होचा व्यक्ति मास्टर नाउको नाम नेपाली सञ्चारमाध्यममा आउन थालेको दुई साता मात्र भएको छ । भैरहवाका नाउ, जो उमेरले ७३ बर्ष पुगिसके, उनी यतिखेर गिनिज बुकमा नाम लेखाउने धाउन्नमा छन् । ४१ सेन्टिमिटर अग्ला नाउ हिँडडुल गर्न सक्दैनन् । गिनिज बुकले हिँडडुल गर्न सक्ने र नसक्ने गरी दुई शीर्षकमा सूचीकरण गर्छ । मास्टर नाउ अहिले ‘बिश्वकै अशक्त होचा ब्यक्ति’को सूचीमा नाम लेखाउने तयारीमा छन् । त्यस्तो टाइटल हाल ताइवानी नागरिकसँग छ, जो ६८ सेन्टिमिटर अग्ला छन् । हिडडुल गर्न सक्ने होंचा ब्यक्तिका रुपमा नेपालकै ७४ बषिर्य चन्द्रबहादुर डाँगी सूचीकृत छन् । त्यसअघि नेपालकै खगेन्द्र थापामगरले त्यो उपाधि पाएका थिए।

‘गिनिज कुकका अधिकारीहरुले मास्टर नाउ सो उपाधिका लागि छानिनसक्ने जनाउ दिइसकेका छन् ।’ गिनिजबुक अधिकारीहरुसँग छलफल गरिरहेको थानेश्वर गुरागाईंले भने । मास्टर नाउ भैरहवामा आफ्ना कान्छा भाइको परिवारसँग बसिरहेका छन् । नाउ अहिले पनि नेपाली तथा हिन्दी गीत सुन्न र घुम्न रुचाउँछन । उनको त्यही रुचीका कारण परिवारका सदस्यले रिक्सा भाडामा लिएर उनलाई बेलाबेला बजार घुमाउन लैजान्छन् । उनलाई देख्नेबित्तिकै मानिसको भीड लाग्ने गर्छ । हालै उनले नेपाली संचारकर्मीसँग हातमा घडी बाँध्ने र हवाईजहाज चढ्ने सपना रहेको बताएका थिए । त्यसपछि नेपालको आन्तरिक बायुसेवा कम्पनी यति एयरले उनलाई हवाई यात्रा गराउँदै घडी उपहार पनि दिएको थियो । त्यसयता उनी नेपाली संचारमाध्यममा छाउन थालेका छन भने गिनिज बुकको दावीसँगै बिदेशी संचारमाध्यममा पनि उनको चर्चा चुलिएको छ ।





Powered by Blogger.