Header Ads

गोर्खाली सुधार सभा देहरादूनका संक्षिप्त इतिहास

 - जेपी थापाज्यू
आजको वर्तमान भोली भूत हुन्छ। यस प्रकार कैयौं भूतकालहरूको समावेशले प्राचीनकाल जस्ता शब्दको उत्पत्ति हुन्छ भने यस्तै थुप्रै कालहरूलाई यदि विधिवत कलमबद्ध गर्छौं भने एउटा इतिहासको सर्जना हुन्छ। आज यसैको संदर्भमा हाम्रा यस एतिहासिक संस्थाको इतिहास संक्षेपमा राख्न जॉंदै छु। आज भन्दा 75 वर्ष पहिला समाज र जातिप्रति औधी माया राख्ने हाम्रा समाजका बुद्धिजीवी एवं समाज सुधारकहरूको सतत् प्रयासले वर्तमान सभा 17 अप्रैल 1938 को दिन मूर्त रूप लिन सफल भयो। आज हाम्रा समाजका ति चिंतक र समाज सुधारकहरू यद्यपि हामी बिच छैनन् तापनि उहॉंहरूले बसालेको घड़ेरीमा आज येति ठुलो भवन निर्माण भएको देख्दा हाम्रो छाती कताहो कता फुलेर जान्छ।

     आज यस पावन अवसरमा ति हाम्रा शुभचिन्तक, समाज सेवी, समाज सुधारकहरूको सम्मानमा दुई थुंगा फूलको कोशेली चढ़ाई उनीहरूलाई स्मरण गर्नु हाम्रो पुनित कतर्व्य बन्छ। ति महानुभावहरू थिए -

1)    महाराज कुमार नरेन्द्र शमशेर जंगबहादुर राणा
2)    कप्तान खड़क बहादुर सिंह कार्की
3)    कप्तान दान सिंह लामा
4)    ले. शिव प्रसाद राई
5)    रिसालदार राम सिंह पंवार
6)    श्री कुन्दन सिंह
7)    श्री नन्दराम थापा
8)    श्री रतन सिंह
9)    श्री मित्रसेन


15 अप्रैल 1938 मा गोर्खाहरूको भवन बनाउन डोभालवालामा 5 बीघा जमीन खरीद गर्ने प्रस्ताव पारित गरि 17 अप्रैल, 1938 को दिन संस्थाको नाम ‘‘गोर्खाली सुधार सभा’’ राखि विधिवत यसको स्थापना भयो अनि यसको प्रथम अध्यक्ष महाराजकुमार नरेन्द्र शमशेर ज.ब. राणाज्यू हुनु भयो। 31 मई 1951 मा ‘‘अॅल इण्डिया गोर्खा एक्स सर्विसमैन वेलफेयर एसोसिएशन सित सम्बद्ध भई 25 फरवरी 1953 मा सोसाइटीज रजिस्ट्रेशन एक्ट 1860 अधिनियमको अंतर्गत पंजीकृत पनि भयो। 16 अक्टूबर 1951 मा डोभालवालाको 5 बीघा जमीन बेचेर गढ़ीको वर्तमान ठॉंउमा तीन बीघा आठ बिस्वा जमीन किनेर सभाको स्थापना गर्यो। त्यस बेलामा तत्कालीन अध्यक्ष शशी शमशेर ज.ब. राणाज्यूको अथक प्रयसाले 1973 मा भवन र कार्यालय खड़ा भयो। यसै अवधिमा शमशेरगढ़मा एक बीघा जमीन दानस्वरूप सभाले पायो तर धनाभावले गर्दा कुनै निर्माण कार्य गर्न सकिएन। सूबेदार तेज बहादुर शाहीज्यूको कार्यकालमा अंतरंग सभामा पारित भएको प्रस्ताउ अनुसार उक्त भूमिको ‘‘पावर अॅंफ एर्टोनी’’ शमशेरगढ़का तत्कालीन अध्यक्ष डा. प्रभूदयाल उपाध्यक्षलाई मंदिर र धर्मशाला निर्माण गर्न हेतु अधिकृत गरियो।

यसै प्रकार गोर्खाली सुधार सभाका सबै अध्यक्षहरूले आ-आफ्नो कार्यकालमा आफ्नो सामर्थ्य र विवेकले सुधार सभालाई अघि लैजाने प्रयास गरे।  वर्ष 2003 मा सभाको मुख्य द्वारको निर्माणमा एक लाख रूपियॉं स्व ले0क0 मनोहरसिंह चौहानद्वारा उहॉंको बाजे स्व0 रिसालदार रामसिंह पंवार ओबीआईको मधुर स्मृतिमा अनुदान स्वरूप दिएर तैयार भयो। आज यस सभामा 163 संरक्षक, 19800 आजीवन सदस्य तथा 570 साधारण सदस्यहरू छन। यस बाहेक 40 शाखाहरू (देहरादून - 38 एवं खटीमा - 1 पुरौला - 1) सुनियोजित एवं सक्रिय रूपले संचालित छन। सभाले स्वर्ण जयन्ती र हीरक जयन्ती जस्ता समारोह सफलतापूर्वक मनाई सकेको छ। यस प्रकार 73 वर्षको स्वर्णीम इतिहासमा 20 वटा जुधारू र समाजलाई समर्पित अध्यक्षहरू तथा कार्यकरिणीहरूको कुशल प्रशासनले यति पुरानो संस्थालाई सुचारू रूपले संचालन गर्नुमा आ-आफ्नो महत्वपूर्ण योगदान दिएका छन। वर्तमानमा 21औं अध्यक्ष ब्रिगेडियर (से0नि0) एन0बी0एस0 बिष्टज्यू कार्यरत छन।

The Official Website of - Gorkhali Sudhar Sabha, Dehradun 

Powered by Blogger.