Header Ads

दिल्लीमा नेपाली क्रिकेट टोलीको लगातार पाँचौं जित

नयाँ दिल्ली : दिल्ली भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले लगातार पाँचौं जित हात पारेको छ । ट्वान्टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोलीले सोमबार भएको खेलमा डिस्ट्रिक क्रिकेट एसोसिएसन गाजियावादलाई ५५ रनले पराजित गरेको हो । नेहरु क्रिकेट स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४४ रन बनायो । नेपालका लागि प्रदीप ऐरीले ३३ बलमा ८ चौकाको मदतमा ३९ रन बनाए भने ज्ञानेन्द्र मल्लले २३ बलमा ४ चौकाको मदतमा ३२ रन बनाए । राहुल विश्वकर्मा २४ तथा महेश क्षेत्री २२ रनमा आउट भए । 

 नेपालका लागि एक मात्र छक्का हानेका कप्तान पारस खड्का ७ रनमा पभेलियन फर्किए भने शक्ति गौचनले ७, अनिल मण्डलले ६ र सरद भेसवाकरले १ रन जोड्दा विनोद भण्डारीले खाता नै खोल्न सकेनन् । जवाफमा मैदान उत्रिएको गाजियावाद १७.४ ओभरमा ८९ रन जोड्दा अलआउट भयो । उसलाई सस्तैमा समेट्ने क्रममा अविनाश कर्णले ३ विकेट लिए भने जितेन्द्र मुखिया र राहुल विश्वकर्माले समान २-२ तथा पारस खड्का र शक्ति गौतनले १-१ विकेट लिए । अब नेपालले अन्तिम अभ्यास खेल गौतम गाम्भीरकेा इन्भिटेसन ११ सँग भारतनगर एकेडेमीको मैदानमा खेल्नेछ । 


Powered by Blogger.