T-20 विश्वकपमा पुग्ने नेपाली टोलीको आशा
बीबीसी
शुरुवात
आइतबार हँगकँग विरुद्धको खेलबाटै नेपालले विश्वकपको शुरुवात गर्दैछ।
यसबीचको चार महिनामा नेपाल र हँगकँगको क्रिकेट परिदृश्य निकै फेरिइसकिएको छ।
बीस ओभर पछि खेलिएको एक दिवसीय विश्वकप छनोटमा नेपाल हँगकँगसँग दश विकेटले पराजित भएको थियो
ढाकामा खेलिएको दुईवटा अभ्यास खेलमा हँगकँगले जिम्बाब्वे र नेदरल्याण्ड्सलाई हराएर मनोबल उच्च बनाएको छ।
नेपाल भने युएइ र आयरल्याण्ड्स दुवैसँग हारेको छ।
तर मुख्य खेल र त्यसको लागि चाहिने मनोबल नेपाली टोलीसँग रहेको नेपाली कप्तान पारस खड्काले अभ्यासमा जानु अघिको पत्रकार सम्मेलनमा बताए।
प्रदर्शन
उनले भने, ‘बीस ओभरको खेलमा जुन दिन खेल हुन्छ त्यही दिन प्रदर्शन राम्रो गर्नुपर्छ। हामी राम्रो खेल्नेछौं।‘
दश वर्ष अघि यहि मैदानमा कप्तान पारसको १९ वर्षे टोलीले खेलेका थिए।
सोही खेलका चार खेलाडी अहिलेको नेपाली टोलीमा छन्।
तर अहिले पीचको स्वरुप पुरै बदलिसकेको खडकाले बताए।
संभवत: घाँसे पीचमा स्पीनरलाई मद्दत पुग्ने अनुमान गरिएको छ।
खडकाले भने ‘आजको परिक्षण गेममा पीच हेरेपछि हामी कसले के गर्ने निर्णय गर्नेछौं।‘
जहुर अहमद चौधरी रँगशालाको फ्लडलाइटमा आइतबार खेलिने खेल मैदान र मौसमको हिसाबले दुबै टोलीका लागि समान हुनेछ।
तर चित्तगँगमा रहेका हाम्रा खेल संवाददाताका अनुसार नेपाल एउटा पक्षमा भने हँगकँग भन्दा माथि हुनसक्छ।
बँगलादेशमा अध्ययनरत दुई हजार भन्दा बढी नेपाली विद्यार्थीहरुमध्यै कैयौं खेल हेर्न आउने अनुमान गरिएको छ।
"बीस ओभरको खेलमा जुन दिन खेल हुन्छ त्यही दिन प्रदर्शन राम्रो गर्नुपर्छ। हामी राम्रो खेल्नेछौं।"
- पारस खड्का, नेपाली टोलीका कप्तान
Post a Comment