"मेरो आंकलन हाम्रो स्वाभिमान ट्रस्टको कार्यक्रम बारे"
समीर प्रधानज्यू , नया दिल्ली
हाम्रो स्वाभिमान भन्नी संस्थालाई मेरो प्रश्न "खै त मेरो स्वाभिमान ?" " मेरो गोर्खा स्वाभिमान ?"
हाम्रो स्वाभिमान भन्नी संस्थालाई मेरो प्रश्न "खै त मेरो स्वाभिमान ?" " मेरो गोर्खा स्वाभिमान ?"
भाषा संस्कृति र इतिहासको संरक्षणको नाममा हाम्रो इतिहास संस्कृतिको कसरि धजियां उडायो मलाई अफ्शोश छ ! सामाजिक संघठन बनानु सजिलो छ तर सामाजिक मुद्दाको सही प्रस्तुति पनि आवश्यक हुन्छ ! म यहाँ मेरो विरोध स्वरुप मेरो आंकलन राख्दै छू कृपया आफ्नो प्रतिक्रिया अवश्य राख्नु होला र सबै संस्थाहरु भविष्यमा यस प्रकारका गलतिको पुनरावृति न होश ख्याल राख्दिनु होला भनि आशा र अनुरोध छ !
न. १ :- मैले विगतकालमानै भनेको थियो "फेरी आर्को प्रवासी संघठन बन्नी भयो हाम्रो स्वाभिमान" जस्बेला मेरो यस कुराको घोर विरोध भाको थियो तर दुई मार्चको कार्यक्र्मले मेरो कुराको फेरी पुष्टि गरेको छ ! मलाई प्रवाशी नेपालीहरुले भारतमा प्रवाशी संघ-संस्था चलाएकोमा केई आपत्ति छैना बरु ख़ुशी लाग्छ ! म त हमेशा प्रवाशिहरुलाई सक्दो हर मदद दिँदै आई रहेकोछू ! हाम्रो स्वाभिमानको आयोजक समितिमा 95 % सदस्य प्रवाशी थिए / दर्शकहरुमा पनि 95 % प्रवाशी थिए / मुख्य अतिथि नेपाली राजदूतावासको कार्यवाहक राजदूत के.एन.अधिकारीज्यू थिए ! यो सबै संख्यामा मलाई विरोध छैना तर सच बोलेर यो काम गर्दिये ख़ुशी लाग्छ प्रवाशी हो त प्रवाशी भन्न न ! किन आफ्नो पहिचान लुकाउन पर्ने ?
न.२ :- निमंत्रण पत्र स्प्ष्ट लेखेर वितरण गरेको छकि " भारतलाई स्व्तंत्र गराउन महतवपूर्ण भूमिका निभाउने नेपाली विर योधा अमर शहीद मेजर दुर्गा मल्ल" एक जना भारतीय गोर्खा शहीद नेपाली भनि लेखेको उई शहीदको अपमान हो, इतिहास संग गरेको षड्यंत्र हो !
न.३:- आज सम्म हामीले पढेको अनुसार दुर्गा मल्लको कोई संतान थिएन तर हाम्रो स्वाभिमान ट्रस्टले सस्तो प्रचारको लागि इतिहास भन्दा दुइ कदम आगे बड़ी शहीद दुर्गा मल्लको सुपुत्र लाई न केवल खोज्यो बल्कि मञ्चमा परिचय पनि गराए ! तर भंडाफोड़ हुन्छ भनि उसलाई एक शब्द पनि न बोली मंच बाट उतारे ! तथाकथित सुपुत्र सुनील मल्ल अरे ! यसको स्पस्टीकरण दिनु पर्छ या समाजसँग सार्वजनिक माफ़ी माँगनु पर्छ !
न.४:- एक जना मधेशी पाहुना रांची,बिहारबाट आएकोलाई हाम्रो स्वाभिमानले या त गलत जानकारी दिएको हो या सही जानकारी पनि दिन न सकेको हुन पर्छ जस कारण उसले समस्त गोर्खाली नेपाली हाम्रो वीर योधाहरु भारतीय सैनिकहरु नेपाल बाट केवल नौकरी गर्न आएको हो भन्न सक्यो ! दुर्गा मल्ल तक लाई नेपाल बाट आएर भारतको स्व्तंत्रताको लागि आफ्नो जीवन बलिदान दिएको भने , जस्मा हामी भारतीय गोरखालीहरुको मन दुखेको छ !
न.५:- संस्कृतिकोनाममा जून प्रकारका नग्नता र असलिलता मंचमा प्रस्तुत गरेको थियो मलाई लाग्छ त्यों हाम्रो संस्कृति त कति पनि होईना [ केबरे डान्स हुंदै थियो ]
न.६:- यस प्रकारका कार्यक्र्ममा बी.पि.कोइराला फण्डको इस्तेमालमा पनि बिचार गर्नु पर्छ जस्तै छ !
---------------------------- X -------------------------------------
यस सबको बावजूद रिमेश अधिकारी र देवेन्द्र दत्त द्वारा निर्देशित र श्रीमती अनीता क्षेत्रीज्यु द्वारा प्रायोजित फ़िल्म "शहीद मेजर दुर्गा मल्ल" एक दम मन परयो ! र आरम्भमा ट्रस्टको बेनरमा स्वामी रामदेव जी महाराज र आचार्य बालकृष्ण जी महाराज को तश्वीर थियो र 1 घण्टामानै उनीहरुको तश्वीर किन हटाइयो, बुझ्न गारो भो !
-------------------------X ---------------------------------
जय गोर्खा जय भारत
विश्व एकता र सेवा हाम्रो प्रयास


Post a Comment