होली हामी नेपालीभाषी गोर्खा जातिको चाड़ हैन
हाम्रो जातका अत्यन्त आदरणीय र प्रिय सदस्यहरू!
हार्दिक अभिवादन।
जसरी दशैंमा टीका-जमरा मधेश (राजस्थान, हरियाणा, पंजाब, बिहार, बंगाल आदिका जातिहरू) काले लगाँदैनन्। त्यसरी नै हामीले पनि होली लगाउनुहुँदैन। ईशापूर्व 400-750 को समयमा पर्ने लिच्छवी राजा मानदेवले यो चाड़ नेपालतिर भित्र्याएका हुन् र त्यो बेला न गोर्खा थियो , न नेपाल बनिसकेको थियो। त्यस बेला अहिलेको नेपाल थिएन अनि ती जुन राजाले यो चाड़ लगे उनीहरूको आफ्नै परम्परा अनुसार लगेका हुन्। मान्नैपर्छ भन्ने बाध्यता छैन। जाँड़-रक्सी खाएर, गाँजा- भाङ उडाएर, छोरी-चेलीको ईज्जत लुटेर, लुगा-फाटा मैलो पारेर यसो हेर्दा राक्षस जस्तो हुँदा यदि कृष्ण खुशी हुन्छन् भने हामीले कृष्णै पनि त्याग्नुपर्छ। भारतीय विभिन्न धर्मको पछि लाग्दा हाम्रो सर्वस्व लुटिएको छ।
सनातन धर्ममा होलीको प्रसंग कुनै पनि ग्रन्थमा उल्लेख छैन।
सनातन हुँदा होली मान्नैपर्छ भन्ने कहाँ लेखेको छ। भागवत पुराणमा कहीँ पनि होली खेलेको प्रसंग आउँदैन। पुराणकाल सम्मका कुनै पनि ग्रन्थमा होलीको वर्णन छैन। यो पछिबाट सृजित भएको विकृति हो। सबै हिन्दूले सबै हिन्दूको चाड़ मनाउँदैनन्। असमियाहरूले मनाउने बीहू पंजाबीले मनाउँदैनन् र पंजाबीले मनाउने चाड़ गुजरातीले मनाउँदैनन्। अतः सुझो न बुझो होलीको पछि नलाग्नु नै हामी गोर्खा जातिको निम्ति हितकर हुनेछ।
हामीले होली नमनाउँदा हामीसित अन्य कुनै जातिका मान्छे रिसाउँदैनन्। जसरी बिहारी र मारबाड़ीहरूले दशैंको टीको नलाउँदा हामी रिसाउँदैनौ। सबै हिन्दूले सबैको चाड़ मनाउनुपर्ने हो भने त हाम्रा किरातीहरूले मनाउने साकेवा र चण्ड़ीनाच, धान नाच, गोठधूप, उधौंली र उभौली गुजरातीहरूले पनि मनाउनुपर्ने। दक्षिण भारतकाहरूले मनाउने चाड़-बाड़ उत्तर भारतकाले मनाउनुपर्ने। त्यस्तो भएको छैन। अतः होलीको पछि हात धोएर नलागौं। आफ्नै चाड़-मनाऔँ। स्वजातिको विकास गरौं। परचक्रीको षड्यन्त्रमा नपरौं। अर्काको हैन, आफ्नै भर परौं। परचक्रीको हैन, आफ्नै धर्म मनाऔं। जय गोर्खा, जय गोर्खा धर्म।।
पुनश्चः
संसारमा हाम्रो जात जस्तो आलुपाँड़े जात कहीं पनि छैनन्। नेपाललाई नै हेरौं। नेपालमा बहुसंख्यक जातिको चाड़-पर्व छोड़ेर अल्पसंख्यक बिहारीको चाड़ मान्ने गर्नाले आज नेपालका बिहारीले एक मधेश- एक प्रदेश भनेर नेपालको आधा जसो हिस्सामा राज्यको दावी गरेका छन्। होली मान्नाले भारतीय मधेशी शक्तिको विस्तार बढ्छ। हाम्रा गाउँमा कृष्ण र राम आएनन् तर उनका खलक मात्र आएर हाम्रो रोजी रोटी माथि हमला गरेका छन्। कृष्ण र रामका खलकहरू आलीशान महलमा र हामीहरू सधैं झुप्रोमा छौं। बुझ्नेलाई यो कुरा गहिरो छ, नबुझ्ने नागपुरतिर फर्किएको, थर र गोत्रले हामी जस्तै देखिने, ट्याँऊं2 नेपाली पनि बोल्ने तर प्राण र मनबाट बिहारी अथवा मराठी भैसकेकाहरूलाई घऱ छेउमैं पैरो छ। नेपालका राजवंशी, मेचे, कोच, धिमाल र थारु आदि जातिहरू नेपाली मधेशी हुन् भने यादव, मण्डल र झा-हरू भारतीय मूलका बिहारी जाति हुन्। नेपालका मधेशी (तराइवासी)जातिहरूको पनि चाड़ होली थिएन। मधेशी र बिहारीको पृथक्करण नगरीकन राज्यको नाउँमा एक मधेश एक प्रदेशको नारा भारतीय विस्तारवाद हो। पहिले नेपालका मधेशी र नेपालका जनजाति अनि खसहरूलाई राज्य दिइनुपर्छ, यदि दिनैपर्छ भने।
फेरि पनिः
होली र गोर्खाली
हामी अर्काको लै-लैमा लागेर आफ्नो संस्कृति धर्म र पूजा आजा भन्दा अर्काकै रुचाउने र मान्ने भैसकेका छौं। हाम्रो समाजका विभिन्न जाति, उपजातिका धर्म, संस्कार र संस्कृतिलाई हेर्दा कहीं पनि होली चाड़ मनाउने गरेको भेटिएन। यहाँ मैले हाम्रो समाजका 20 वटा जातिहरूको चाड़बाड र संस्कृतिको खोज गरें तर होली चाड़ कसैको पनि रहेनछ। नेपालका मधेशी जातिहरू जो भारतीय मूलका हुन्-को पनि होली चाड़ रहेनछ। हाम्रो समाजका विभिन्न जातिहरूको चाड़बाड़मा हाम्रो के सहभागिता छ र। सबै जाति र धर्मको संस्कृतिलाई मान्ने महान् मान्छेवादी हामी आफ्नो आँगनमा होली त खेल्छौं तर बुद्ध जयन्ती धूमधाम संग मनाउँदैनौं। आफ्नै जातिको मान्छेले बौद्ध जयन्ती मनाउँदा उपस्थित नहुने तर परचक्रीले मनाउने होलीको पछि लाग्ने कस्ता हौं हामी।
Post a Comment