Header Ads

भारतको मतगणनामा भाजपा अगाडी

भारतीय जनता पार्टीको तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदीले गुजरातको बडोदरा क्षेत्रबाट बिजयी भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। वनारसमा पनि उनले आम आदमी पार्टीका अरविन्द केजरीवाललाई पछि पार्दै अग्रस्थानमा रहेको बताइएको छ। भारतमा मोदी नयाँ प्रधानमन्त्रीमा निर्वाचित हुने अडकलबाजीका माझ नौ चरणमा गरिएको संसदीय चुनावको जारी मतगणना भाजपाले वहुमत क्षेत्रमा अग्रता कायम राखेको छ। झन्डै १८ लाख विद्युतीय मतदान यन्त्रहरुबाट स्थानिय समय अनुसार विहान ८ बजेबाट मतगणना शुरु भएको हो। प्रारम्भिक मतपरिणाम अनुसार भारतीय जनता पार्टी धेरै स्थानमा अग्रस्थानमा छ। चुनावपछि गरिएको सर्वेक्षणहरुमा भाजपाले नेतृत्व गरेको गठबन्धनले २५७ देखि ३ सय ४० सीटसम्म ल्याउने बताइएको थियो। 

किर्तिमान
मत परिणामले यो बर्षको शुरुदेखी नै हुदैँ आएको सरकार भावी नेतृत्व सम्बन्धि अनेकन अडकलबाजी पनि अन्त्य गर्नेछ। सात अप्रिलमा शुरु भएर मे १२ सम्म भएको मतदान प्रकियामा ५१ करोड भन्दा बढी भारतीय नागरिकहरुले भोट खसाएका थिए। चुनावपछि सार्वजनिक सर्वेक्षणहरुमा भाजपाका उम्मेदवार मोदी विजयी हुने विश्लेषण गरिएको छ तर विज्ञहरुले त्यस्ता सर्वेक्षण विगतमा गल्ती सावित हुने गरेको तथ्य औल्याएका छन्। भारतको निर्वाचन आयोगका अनुसार यसपटक भएको ६६ दशमलव तिन ८ प्रतिशत मतदाताले भोट खसालेका थिए। सो मत प्रतिशतले सन् १९८४ मा तात्कालीन प्रधानमन्त्री इन्दिरा गांन्धीको हत्या भए लगतैको चुनावमा खसेको हालसम्मको सबैभन्दा बढी मत प्रतिशतको किर्तीमान तोडेको थियो। ८००० भन्दा उम्मेदवावार र दलहरुबीच व्यापक आरोप प्रत्यारोप भएको थियो।

मिठाइ 
 भारतीय संचारमाध्यमहरुले मतदान सकिएपछि सार्वजनिक गरेका आफ्ना सर्वेक्षणमा सतारुढ कंग्रेस आई पार्टीले नराम्रोसँग चुनाव हार्ने विश्लेषण गरेका थिए। ६ वटा मध्ये ५ वटा सर्वेक्षणले बहुमतीय सरकार बनाउन आवश्यक कम्तिमा २७२ सीट भाजपा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले ल्याउने दाबी गरेका थिए। यसअघि सन् १९९८ र सन् १९९९ मा भएको आम चुनावमा भाजपाले हालसम्मकै बढी १८२ सीट जितेको थियो। बिहिबार भाजपाका समर्थकहरुले बैंग्लौरमा एउटा धार्मीक समारोह आयोजना गरी मोदीको विजयको लागि प्रार्थना गरेका थिए। पार्टीले जित्नेमा ढुक्क हुदैँ कयौं शहरमा भाजपा सम्बद्ध कार्यकर्ताहरुले खुसियाली मनाउन आवश्यक मिठाइ जम्मा गरिरहेका छन्।

Powered by Blogger.