Header Ads

5 प्रधानमन्त्रीलाई पार लगाउने बिरालोको बिदाइ

बेलायतको दक्षिणी सहर बोर्नमाउथमा पपी नामको बिरालोले हालै संसारबाट बिदा लियो । विश्वको सबैभन्दा बुढोे बिरालोको नाममा गिनिज बुकमा नाम लेखाएको पपी नामको बिरालो सन् १९९० मा जन्मिएको थियो । ज्याकी वेष्ट नामका मालिकले पालेको यो बिरालोले बेलायतका ५ जना प्रधानमन्त्रीको कार्यकाल बेहोर्यो । अघिल्लो हप्ता पानी सम्बन्धी संक्रामक रोगका कारण पपी बिरामी परेको थियो । उसले एक हप्ता निकै बिरामी भएर बिताएपछि अन्ततः २४ वर्षको उमेरमा उसको मृत्यु भयो । स्मरण रहोस् पपी भन्दा अघि अमेरिकामा रहेको कि्रमपफ नामको बिरालो ३८ वर्षसम्म बाँचेको थियो । बिरालोको औषत आयु १५-१८ वर्षसम्मको हुन्छ ।

गिनीज बुक ऑफ वर्ल्ड रिकॉर्ड में शामिल सबसे बूढ़ी बिल्ली पोप्पी 

 



Powered by Blogger.