ईराकमा बग्दाद नजिकै लडाईं चर्कियो

चेतावनी
यसबीच जेनेभामा एक पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले जातीय विभाजन रोक्न बग्दादलाई थप कार्यहरु गर्न आव्हान गरेका छन्। उनले भने, “मैले प्रधानमन्त्री नुरी अल मलिकी सहित ईराक सरकारलाई अन्य समुदायसंग मिलेर समावेशी ढंगको वार्ता र समाधानका निम्ति अनुरोध गरिरहेको छु।” ईराक तथा सिरियाका लडाईंमा सुन्नी अतिवादी समूह आईएसआईएसको संलग्नताले पूरै मध्यपूर्वलाई जातीय युध्दको भूमरीमा धकेल्ने खतरा रहेको राष्ट्रसंघले चेतावनी दिएको छ। उसको पछिल्लो मानव अधिकारसम्बन्धी प्रतिवेदनले सिरियामा सरकारी सेना तथा ईस्लामवादी विद्रोही समूह दुवैतर्फबाट कहालीलाग्दा ज्यादतीहरु भएको जनाएको छ।
के हो आईएसआईएस ?

खतरनाक
सम्वाददाताहरु भन्छन् अहिले आएर यो संसारको सबभन्दा खतरनाक विद्रोही समूहको रुपमा अल कायदा भन्दापनि अगाडि देखा परेको छ। यो समूहको मूख्य नेता अबु बकर अल बग्दादी हुन्। उनको बारे धेरै जानकारी छैन। उनी ईराकको समारा शहरमा जन्मिएको ठानिएको छ। सन् २००३ मा अमेरिकाले ईराकमा अतिक्रमण गरे लगत्तै उनले विद्रोहको बाटो समाए। उनलाई युध्दमैदानका कुशल कमाण्डरको रुपमा चिनिन्छ र त्यसै कारण उनले थुप्रै युवाहरुलाई आफ्नो समूहमा आकर्षीत गरेको ठानिन्छ। सिरियामा सकृय अन्य विद्रोही समूहहरु विपरित उनको समूहको मुख्य उद्देश्य सिरिया तथा ईराकका भूभाग समेटेर एक ईस्लामिक एमिरेट स्थापना गर्नु रहेको छ। सन् २०१३ को मार्चमा उसले सिरियाली शहर रक्का कब्जामा लियो। त्यसपछि सन् २०१४ को जनवरीमा सुन्नी र शिया सम्प्रदायबीचको तनावबाट फाईदा उठाउंदै उनको समूहले सुन्नी बहुल ईराकी शहर फल्लुजाह कब्जा गर्यो। आफ्नो नियन्त्रणमा आएका ईलाकाहरुमा सो समूहले क्रुर शासन गर्ने गर्छ। जुन महिनामा मोसुलनै नियन्त्रणमा लिएपछि आईएसआईएसले विश्वभर तहल्का मच्चाएको छ।
नेपालको चिन्ता
यसैबीच, ईराकको बिग्रदो सुरक्षा अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेपालको परराष्ट्र मन्त्रालयले उक्त अवस्थाको अन्त्य नभएसम्म सर्वसाधारणलाई त्यहाँको भ्रमण नगर्न आग्रह गरेको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी ईराकमा रहेका नेपालीहरुलाई आफ्नो व्यक्तिगत सुरक्षाप्रति सतर्कता अपनाउन अनुरोध गरेको हो। त्यस्तै आफू र आफूनिकटका कोही समस्यामा परेको जानकारी प्राप्त भएमा पाकिस्तानको इस्लामावाद र कुवेतको कुवेत सिटीस्थित नेपाली दूतावासमा सम्पर्क राख्न अपील गरेको छ। ईराक समेत हेर्ने जिम्मेवारी पाएका पाकिस्तानका लागि नेपाली राजदूत भरतप्रसाद पौडेलले ईराकमा कम्तीमा १५ हजार नेपाली रहेको बीबीसीलाई बताएका छन्। खासगरी उनीहरु राजधानी बगदाद र कुर्दिस्तानमा रहेको उनले बताए। उनले भने, “कथंकदाचित कुनै ठूलो घटना भयो र नेपालीहरुलाई तुरुन्तै उद्दार गर्नुपर्ने अवस्था भयो भने त्यसका लागि ईराकी अधिकारीहरुसँग म निरन्तर सम्पर्कमा छु।” पौडेलले विद्रोहीहरु बगदादमाथि नियन्त्रण कायम गरेको खण्डमा मात्र नेपालीहरु प्रभावित हुने संभावना रहेको जनाए। यद्यपि नेपालीहरुलाई सुरक्षित स्थानमा रहनका निम्ति अनुरोध गरिरहेको पौडेलको भनाई छ।
Post a Comment