‘सैनिक संहार गरिएका तस्बिर सार्वजनिक’
इराकको सुन्नी विद्रोही संगठन आईसआईएसले सयौं इराकी सैनिकहरुको हत्या गरिएको देखिने तस्बिरहरु अनलाईनमा राखेको छ। तस्बिरहरुको आधिकारिकता स्वतन्त्र रुपमा पुष्टी भएको छैन। तर इराकी सेनाका एकजना प्रवक्ताले ती आधिकारिक नै भएको विश्वास व्यक्त गर्दै घट्ना सलाहुद्दीन प्रान्तमा भएको देखाएको बताए। तस्बिरहरु आधिकारिक भएमा सन् २००३ मा अमेरिकी नेतृत्वमा इराकमाथि भएको हमला यताको त्यो निकै ठुलो नरसंहार हुनसक्छ।”
कति मारिए?
आईसआईएसले टिक्रिटस्थित सैन्य आधार नियन्त्रणमा लिएपछि उक्त हत्याको घट्ना भएको देखिन्छ। अमेरिकी विदेश मन्त्रालयले एकहजार सात सय सिया सैनिकहरुको हत्या गरेको भन्ने उक्त संगठनको दावी भयावह भएको प्रतिकृया दिएको छ। भिडियोमा ठूलो संख्यामा सैनिकहरुलाई हिंडाउँदै लगिएको देखाइएको छ। ती फोटोको तल उनीहरुलाई मृत्यु तर्फ लगिँदै गरेको उल्लेख छ। त्यस्तै कालो झण्डा बोकेका संदिग्ध आईसआईएस लडाकुहरुले लाइन लगाइएका मानिसहरुमाथि गोली हानिरहेका फोटो पनि सार्वजनिक गरिएका छन्।
कब्जा
उक्त घट्ना त्यहाँको सरकारले विद्रोहीहरुले कब्जा गरेका शहर फिर्ता गर्ने दाबि गरेपछि भएको छ। लडाकू विद्रोहीहरुले गत साता मोसुल र टिक्रिट सहितका शहरहरु कब्जामा लिएका थिए। सरकारी फौजले ती बाहेक अन्य कयौं शहरहरु भने विद्रोहीहरुको नियन्त्रणबाट मुक्त बनाएका छन्। नयाँ गठन गरिएको सीया लडाकुहरुद्वारा समर्थित फौजले विद्रोहीहरुलाई बग्दादको एक सय किलोमिटर उत्तरमै रोकेका छन्। लडाकुहरुले सिरियाको सीमा नजिकको सामरिक महत्वको शहर तल अफार कब्जा गर्न खोज्दा कयौं मानिस मारिएको अधिकारीहरुले जनाएका छन्।
अमेरिका-इरान वार्ता
अमेरिकाले इरानसँग वार्ता शुरु गर्ने तयारी गरेको छ। इरानसँग शुरु गरिने वार्ताका सम्बन्धमा उच्च तहमा छलफल भएको एकजना अमेरिकी अधिकारीले पुष्टी गरेका छन्। पुराना विरोधी देशहरु सिया बहुल इरान र अमेरिकाबीचको सम्बन्ध पछिल्ला महिना सामान्य बनेको छ। इराकमा सुन्नी लडाकु समूह आईएसआईएसको बढ्दो चनौति नियन्त्रणमा लिनु उनीहरुको साझा स्वार्थ रहेको देखिन्छ। दुबैले इराक सरकारलाई सैन्य सहायता उपलब्ध गराउनेबारे सोंचिरहेका छन्।

Post a Comment