Header Ads

लिबिया सबैभन्दा खराब, आयरल्याण्ड असल

विश्वको सबैभन्दा असल देश कुन होला ? असलको मापदण्ड विभिन्न हुन सक्छन् र यस्ता मापदण्डले फरक-फरक देशलाई असल मान्न सक्छ । तर मानवता तथा पृथ्वीलाई गरेको योगदानका आधारमा आयरल्याण्ड विश्वको सबैभन्दा असल मुलुक ठहरिएको छ । कुल १२५ देशमा गरिएको अध्ययनबाट आयरल्याण्ड असल देशको सूचिमा पहिलो नम्बरमा पर्न सफल भएको हो । गुड कन्ट्री इन्डेक्सका आधारमा तय गरिएको सूचकांकमा लिबिया सबैभन्दा पुछारमा छ । त्यसपछि इराक र भियतनाम पुछारबाट दोश्रो र तेश्रोमा छन् । बेलायती अध्ययनकर्ताहरुले असल राष्ट्र सूचकांक निर्धारणका लागि विभिन्न ३५ प्रकारका तथ्यांक प्रयोग गरेका थिए । ती तथ्यांकहरु विश्व बैंक, राष्ट्रसंघ तथा अन्य अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाबाट संकलित थिए । यस्ता सूचकांकमा प्रेस स्वतन्त्रता, शरणार्थीको संख्या, हतियार निर्यातको मात्रा, नोबेल पुरस्कार विजेताको संख्या लगायतका विषयलाई आधार मानिएको थियो । 

विज्ञान तथा प्रविधिमा योगदान, संस्कृति तथा अन्तराष्ट्रिय शान्ति सुरक्षा, जलवायु तथा वातावरण, सम्वृद्धि र समानता, मानवता र स्वास्थ्यका विषयमा राष्ट्रले गरेको योगदानका लागि देशलाई अंक दिएर वर्गीकरण गरिएको थियो । शोधकर्ता सिमोन एनहोल्टले यो सर्भेक्षण कुनै देशलाई नाम दिन र कुनैलाई बदनाम गर्न नभै विश्व परिवेशमा राष्ट्रकेा भूमिका कस्तो हुनुपर्छ भन्ने बहस सुरु गर्नका लागि गरिएको बताए । विश्वका सबैभन्दा असल दश देश मध्ये सबै युरोपकै देश छन् । संस्कृतिको हिसाबले बेल्जियम पहिलो स्थानमा छ भने स्वास्थय तथा राम्रो जीवनयापनका हिसाबले स्पेन । असल देशको सूचिमा रुस ९५ औँ स्थानमा छ । भारत ८१ औँ तथा चीन १०७ औँ स्थानमा छन् । सूचीमा नेपालको विषयमा भने कुनै चर्चा गरिएको छैन । सम्पन्नता र समानताका हिसाबले गरिएको सूचीकरणमा यस्तो नतिजा आए पनि गुड कन्ट्री इन्डेक्समा विज्ञान र प्रविधि, संस्कृति, अन्तररतष्ट्रिय शान्ति तथा सुरक्षा, पर्यावरण एवं स्थास्थ्य लगायतका विषयमा छुट्टा छुट्टै विश्लेषण गरिएका छन् । 

Powered by Blogger.