परोपकार समिति वरिष्ठ उपाध्यक्षको तर्फ देखी संदेश
तिलक राज गुरूंग देहरादून। स्तन कैंसर पीड़ित मीरा गुरुङको ईलाजको लागि सहयोग पुर्याउने समस्त महानुभाव र सा साना नानीहरुलाई धेरै धेरै धन्यवाद र आभार प्रगट गर्द छु। यहां म स्पष्ट गर्नु चाहन्छु कि ठूलोहरुले मात्र होईन थाह हुने अथवा माता पिताले जानकारी गराई दियेर हाम्रो स्यानु नानीहरुले पनि आफ्नु पाकेट मनी बाट सहयोग पुर्यायेको छ। यो हाम्रो गोरखा समुदायको संवेदनशीलताको परिचय हो। हामी गोरखा समुदायको बिच एकता, सहयोग र सेवाको ठूलो भावना छ। यसै भावनालाई आफनु प्रेरणा स्रोत बनायेर परोपकार समितिले यो कार्यलाई संचालन गर्ने जिम्मेवारी लिएको हो।
परोपकार समितिको सदस्यहरुले जाली ग्रांट अस्पतालमा सहायता राशी जमा गरनु जाने बेलामा पीड़ितालाई भेटदा आफ्नु शल्यक्रियाको दर्दलाई भुलेर मीराले आफनु आंखा भरी आंसु लियेर समस्त गोरखा समाज प्रति आभार प्रकट गरेको देखदा खेरी हामीलाई अलौकिक अनुभुति भयो। पहिला पटक पीड़िताको घरमा भेटनु जांदा खेरी जीवनको प्रति निराश देखिने मीराको आंखामा जीवनको ठूलो आशा देखियेको छ। हुनु त मनुष्य जीवन सर्व शक्तिमान ईश्वरको हाथमा छ फेरी पनि गोरखा समुदायले जुन भावनाले उसलाई मदद पुर्याई जीवन बचायो त्यसको लागी मीरा र उसको पति रुप बहादुरको तर्फ देखी धेरै धेरै आभार प्रकट गरेको छ। अझै पनि ईलाजको लागि धनको आवश्यकता छ र परोपकार समितिले सहायता राशी जुटाउंने प्रयास गरी रहेको छ।





Post a Comment