साँझ को लाली मा झरी गयो : नेपाली कविताहरु
साँझ को लाली मा झरी गयो,
अँध्यारो रात के खर्लप्पै खायो,
उज्यालो भएछ जिन्दगीमा,
अन्त मा मान्छे ले के पायो |
अँध्यारो रात के खर्लप्पै खायो,
उज्यालो भएछ जिन्दगीमा,
अन्त मा मान्छे ले के पायो |
लाथालिंग जिन्दगीको,
छताछुल्ल बाटो हरु,
पर्खेर बसेको तिमीलाई,
यही धर्तिको माटो हरु |
सुतेछ यहाँ सन्तान हरु,
पर्दा खोलेर जगाई देऊ.
जमीन को माटो टिपेर,
निधार मा टिका लगाई देऊ |
सम्झना मा बाँचेछ यी दिन हरु,
सपना ले छोपेको यी रात हरु,
लालचै लालच मा जम्नेको,
मान्छे को जात हरु |
यहाँ त्यहाँ चारै तिर,
छटपटाई रहेको व्यथा हरु,
देख्न नसक्ने सुन्न नसक्ने,
कोपिला भित्र बन्द छ कथा हरु |
आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |


Post a Comment