Header Ads

पिरती माया को समेटी राख्ने : नेपाली कविताहरु


पिरती माया को समेटी राख्ने,
मुटु नै कन्तुर हो,
तिम्रो भाग्य को इज्जत जोग्याउने,
सिउँदो को सिन्दुर हो |


ममता भरीको क्षमता सरीको,
हुँदैन कुनै धन,
खुशी लाई मेटाउने संसारै अँटाउने,
तिम्रै हो ठुलो मन् |


पैसा र माया को बीच मा,
के छ र बिझाउने खिल मा,
आकाश मा उडेको चिल मा,
चोट पर्छ कोमल दिल मा |


पछिमी बाटो को सभ्यता मा,
के हेर्छौ तिमी सुन्यता मा,
संधै नै तिमी पछाडी पर्छौ,
मरी सकेको मानवता मा |


आकाश लाई हेरेर नहिंड,
बाटोलाई हेर्ने शिर छ,
अगाडी पट्टी पैरो छ,
पहिरो साहरै गहिरो छ |


आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
Powered by Blogger.