Header Ads

खुशी सम्हाल यो पल हरु : नेपाली कविताहरु


खुशी सम्हाल यो पल हरु,
आँफै किन दोषी हुन्छौ,
डाहा को मन् मा पुल्ठो बाली,
किन आरुलाई झोसी दिन्छौ |


तिम्रो दिनहरु फेर्किएको छ,
साथ पाए हुन्छ होइन,
बाँचुन्जेल भाग्य को खेल,
जीवन मा तिमी हुदैनौ फेल |


निरास नबन पोल्छ आगेले,
घुम्छ जादु को छडी कस्तो,
उदास भयौ बाटो हरुमा,
बन्द भएको घंड़ी जस्तो |


डुबेको कालो पोखेरी बाट,
लौ यो हात समाऊ,
सुन्दर यो ससार लाई हेरी,
दिल खोलेर रमाऊ |


हिजो घुमेको बन भित्र,
भिजेको हामी घामपानी मा,
साँझ को लाली मा पर्खेर बस,
मा आउँछु फेरी सपानी मा |


आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
Powered by Blogger.