सुवास घिसिङ : १२ सयको मृत्युपछि ‘दागोपाप’ दिलाए
दार्जीलिङको गोरखाल्याण्ड आन्दोलनका अगुवा सुवास घिसिङको पार्थिव शरीर शुक्रबार दिल्लीबाट बागडुक्रा हुँदै दार्जीलिङ लगिँदैछ । दार्जीलिङमा उनको अन्त्यष्टि गरिनेछ ।
सुवास घिसिङ
मृगौला, पेट र मुटुरोगबाट ग्रसित ७९ वर्षीय घिसिङको दिल्लीस्थित गंगाराम अस्पतालमा उपचारका क्रममा विहीबार निधन भएको हो ।
गोरखालीहरुका नेता घिसिङ दार्जीलिङको गोरखा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का संस्थापक थिए । यो मोर्चा उनले सन् १९८० मा गठन गरेका थिए । १९८८ देखि २००८ सम्म लागातार २० वर्ष घिसिङ दार्जीलिङ गोरखा पार्वत्य परिषदका अध्यक्ष थिए ।
सन् १९८० मा घिसिङले अलग गोरखाल्याण्ड राज्यको माग गर्दै आन्दोलन शुरु गरेका हुन् । भारतको पश्चिम बंगाल राज्यको दार्जीलिङ जिल्लामा बसोबास गर्ने बहुसंख्यक गोरखा जातिमा पृथक गोरखाल्याण्डको मागले व्यापक प्रभाव पारेको थियो । विस्तारै यो आन्दोलन तीब्र हुँदै गएपछि दार्जीलिङले अर्ध स्वायत्त अधिकार पाएको थियो ।
गोरामुमोको नेतृत्वमा शुरु भएको आन्दोलनले सन् १९८६ देखि १९८८ सम्म आइपुग्दा गम्भीर हिंसाको रुप लिएको थियो । आन्दोलनमा १२ सय मानिसको ज्यान गएको थियो । पछि पश्चिम बंगालभित्रै गोरखा पार्वत्य परिषदको स्थापना भएपछि यो आन्दोलनको अस्थायीरुपमा समाधान भएको थियो ।
सुवास घिसिङ र गोरखाल्याण्डको नालीबेली
सुवास घिसिङको जन्म सन् १९३६ जून २२ मा दार्जीलिङको मञ्जु चिया कमानमा भएको हो । उनको निधन २९ जनवरी २०१५ मा दिल्लीमा भयो ।
दार्जीलिङको सेन्ट रोवर्ट हाइस्कुलमा सुवासले कक्षा ९ मा अध्ययन गरिरहँदा उनका पिताको निधन भएको थियो । वीचैमा उनले विद्यालय छाड्न बाध्य हनुपर्यो । सन् १९५४ मा उनी भारतीय सेनाको गोरखा राइफल्समा भर्ती भए । सेनामा काम गर्दा गर्दै उनले सन् १९५९ मा माध्यमिक तहको पढाइ पूरा गरे । तर, सेनामा प्रवेश गरेको ६ वर्षपछि अर्थात् १९६० मा सैन्य सेवा छाडेर दार्जीलिङ फर्किए ।
सेना छाडेपछि दार्जीलिङको तीनधारेस्थित बंगला प्राथमिक विद्यालयमा एक वर्षसम्म उनले शिक्षक भएर काम गरे । सन् १९६१ मा उनी कालेबुङस्थित जुनियर बीटी कलेजमा भर्ना भए । तर, कलेजका प्रिन्सिपलसँग भनाभैरी भएपछि उनले कलेज छाडे । त्यसपछि उनी दार्जीलिङकै सरकारी कलेजमा भर्ना भए । उनले १९६३ मा प्रि-युनिभर्सिटी आर्टस् डीग्री उत्तीर्ण गरे ।
बीए दोस्रो वर्षमा अध्ययनरत रहँदा पहाडी जनताको गरीबी विरुद्धको राजनीतिक आन्दोलनमा सहभागी हुने क्रममा सुवास घिसिङ पक्राउ पनि परे । त्यसपछि तिनले कलेजको पढाइ छाडे । त्यसताका उनी तरुण संघको साधारण सचिव थिए । त्यहीँबाट उनको राजनीतिक जीवन सुरु भयो । सन्, १९६८ मा घिसिङले पहाडसँग सम्बन्धित विभिन्न इस्युहरुमाथि आवाज उठाउन थाले । यो आवाजलाई बलियो बनाउन उनले नीलो झण्डा नामक संगठन खोले । उनले १९७९ अप्रिल ५ मा पहिलोपल्ट दार्जीलिङमा बसोबास गर्ने नेपालीभाषी जनताका निम्ति पृथक गोरखाल्याण्ड राज्यको माग अघि सारे ।
सन् १०८० अप्रिल ५ मा घिसिङले भारतमा बसोबास गरिरहेका गोरखाहरुका निम्ति पृथक राज्य गोरखाल्याण्ड गठन गर्ने माग गरे । राज्य प्राप्तिका निम्ति उनले गोरामुमो नामक राजनीतिक पार्टी गठन गरे । र, लामो अवधिसम्म रक्तपातपूर्ण आन्दोलन भएपछि उनले एउटा अर्धस्वायत्त निकाय गोरखा पार्वत्य परिषदको स्थापनाको निम्ति केन्द्र र राज्य सरकारसँग हस्ताक्षर गरे ।
पृथक राज्यको आन्दोलन
सन् १९८६ मा घिसिङको नेतृत्वमा गोरामुमोले भारतीय संसदबाट पृथक प्रशासनिक चिनारी प्राप्त गर्नमा असफल भएपछि उनले पृथक राज्य गोरखाल्याण्डको दाबी गरेका थिए । पृथक राज्यको यो आन्दोलन अत्यन्त रक्तपातपूर्ण रुपमा परिणत भएकाले पश्चिम बंगाल सरकारले कठोरतासँग यो आन्दोलनलाई कुल्चने प्रयास गर्यो । यो आन्दोलनले दार्जीलिङ पहाडको आर्थिक मेरुदण्ड चिया र पर्यटनलाई ठप्प पारिदिएको थियो । पश्चिम बंगाल राज्यको तत्कालीन बाम सरकार, जसले पहाडलाई पूर्ण स्वायत्तता दिने कुराको समर्थन गरेको थियो, ले पृथक राज्यको आन्दोलनलाई राष्ट्रविरोधी भन्दै विरोध गर्यो । राज्य सरकारले भनेको थियो,राज्यका अन्य जिल्लाको तुलनामा दार्जीलिङ जिल्ला साधारणतः धनी रहेको छ । यद्यपि गोरामुमोले आरोप लगाउँदै भनेको थियो, बंगाल सरकारको प्रशासनले गोरखा समुदायप्रति भेदभाव गर्दछ । दुई वर्षसम्म रक्तपातपूर्ण आन्दोलन र १२ सय मानिसको ज्यान गएपछि राज्य सरकार अनि केन्द्र सरकार दार्जीलिङ पहाडी क्षेत्रलाई अर्ध स्वायत्त प्रशासनिक निकाय प्रदान गर्न राजी भए । सन् १९८८ को जुलाईमा घिसिङ नेतृत्वको गोरामुमोले पृथक राज्य गोरखाल्याण्डको मागदाबी त्याग्यो । यसप्रकार सन् १९८८ को अगस्टमा दार्जिलिङ गोरखा पार्वत्य परिषद (दागोपाप) नामक अर्ध स्वायत्त निकाय अस्थित्वमा आयो र पहिलोपटक भएको दागोपापको चुनाव जितेर सुवास घिसिङ यस निकायको चेयरम्यान भए । यो परिषदले पर्यटन, संस्कृति अनि आर्थिक विकासका योजनाहरुमा केही अधिकार पायो । दागोपापको चुनाव तीन पटकसम्म जितेर घिसिङ २० वर्षसम्म चेयरम्यान पदमा रहे ।
छैठौं अनुसूची अनि निर्वासन
दागोपापको चौथो चुनाव सन् २००४ मा हुने कार्यक्रम थियो । तर, सरकारले चुनाव स्थगित गरी छैठौं अनुसूची परिषद स्थापित नभएसम्म घिसिङलाई कामचलाऊ चेयरम्यान बनाइदियो । पहाडका अधिकांश राजनीतिक दलहरुले छैठौं अनूसुची परिषद स्थापनाको विरोध गरे । दागोपाप क्षेत्रमा जनजाति समुदाय अल्पसंख्यकमा छन् । त्यहीबेला दागोपापका पूर्वपार्षदहरुमा दलका नेताविरुद्ध आक्रोश बढ्दै गयो । र, सुवास घिसिङका विश्वासपात्र विमल गुरुङले गोरामुमोबाट सम्बन्ध विच्छेद गरे । त्यसबेला इण्डियन आयडलका निम्ति संघर्ष गरिरहेका प्रशान्त तामाङलाई समर्थन गरेर विमलले जनताबाट व्यापक समर्थन पाए । र, सवास घिसिङलाई सत्ताबाट पदच्युत गराए । मार्च, २००८ मा घिसिङले दागोपापको चेयरम्यान पदबाट राजीनामा दिए अनि पहाड छाडेर जलपाइगढीमा बसोबास गर्न थाले । गोरामुमोका अधिकांश समर्थक एवं पार्टी नेताहरु विमल गुरुङद्वारा गठन गरिएको नयाँ राजनीतिक पार्टी गोरखा जनमुक्ति मोर्चामा सामेल भए । सन् २०११ को पश्चिम बंगाल विधानसभा चुनावसँगै राजनीतिबाट सन्यास लिएको घोषणा गरेपछि घिसिङ दार्जीलिङ फर्किए । सन् २०११ अप्रिल १८ मा सम्बन्न पश्चिम बंगठालको विधानसभा चुनावमा घिसिङको पार्टीले दार्जीलिङको तीनवटा पकड क्षेत्रबाट भाग लियो । तर, तीनै सीट गुमायो । यसरी चर्को दबाव झेलेपछि घिसिङले १६ मई २०११ मा दार्जीलिङ छाड्न बाध्य भए ।
(हिमालय दर्पणको सहयोगमा)

Post a Comment