डा. हर्कबहादुर छेत्रीले पार्टीबाटै दिए राजीनामा
कालेबुङ : “जे निर्णय लिनेछु कालेबुङका जनताको निम्ति राम्रो निर्णय लिनेछु”- भन्ने कालेबुङका बिधायक डा. हर्कबहादुर छेत्रीले आखिरमा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पार्टीबाट राजीनामा दिएर मोर्चाको फरमानलाई सोझै चुनैति दिएका छन्। सुरू देखि नै गोजमुमो पार्टीमा लागेर पार्टीको निम्ति सक्रिय कार्य गर्ने डा छेत्रीले 18 सितम्बरको दिन एउटा कडा निर्णय लिए अघिबाटै घोषणा गरेका थिए। सोही घोषणा अनुरूप आज उनले आखिरमा पार्टीबाट राजीनामा दिएका हुन्। गोजमुमो अध्यक्ष बिमल गुरूङले छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनलाई अघि बढाउँन तीनजना बिधायकहरूले राजीनामा दिनुपर्ने फरमान नै जारी गरेका थिए।
तीनजना बिधायकहरूको अनुपस्थितिमा बिधानसभाबाट राजीनामा दिनुपर्ने लिएको मोर्चाको निर्णयले आफूलाई स्वाबिमानमा ठेस पुगेका डा.छेत्रीले अघिबाटै बताएका थिए। आफू राजीनामा दिनलाई राजी भए पनि पार्टीले निर्णय लिन अघि एकचोटी बिमर्श गर्नुपर्ने डा.छेत्रीको माता रहेको थियो। यसरी पार्टीले बिधायकहरूको कुनै परामर्श नलिइ राजीनामा दिनुपर्ने फरमान जारी गरेपछि उनले आज आखिरमा पार्टी त्यागेर एकजना ‘स्वातन्त्र विधायक’ भएर बस्ने निर्णय लिएका छन्। उनले यसरी पार्टीको आदेशलाई उल्लंघन उल्टा चुनौति दिँदै पार्टीबाटै राजीनामा दिएर स्वतन्त्र बिधायक भएर बस्ने निर्णय दार्जीलिङ पहाडको राजनीतिमा सम्भावनाहरूको अन्य आँकडा बृद्धि भएको छ।


Post a Comment