खुल्यो अनौठो संग्राहलय, जहाँ बाँदरले सेल्फी खिच्दछ
भारतको तमिलनाडुमा यस्तो अनौठो कला संग्राहलय खुलेको छ । यो कला संग्राहलय पहिलो थ्री डी संग्राहलय हो, जहाँका कलाकृतिहरु थ्री डी चित्र हुन् । क्लिक आर्ट म्युजियम नामको यो कला संग्राहलय विश्वका ४२ वटा यस्ता संग्राहलय मध्ये एक हो। विश्वका १२ देशमा मात्र थ्री डी कला संग्राहलय रहेका छन्। संग्राहलयभित्र २४ वटा थ्री डी चित्र रहेका छन्। ती सबै भित्तामै कोरिएका हुन्। तर ती थ्री डी चित्रलाई वास्तविक दृश्यमा हेर्नका लागि दर्शकहरु चित्रको अगाडि तोकिएको ठाउँमा उभिनुपर्छ। त्यसपछि दर्शकले आफुलाई ती चित्रमै समाहित गर्दछ। संग्राहलयमा गोरिल्लाको सेल्फी देखि ब्रुसलीको किक सम्मका थ्री डी चित्र छन्।




Post a Comment