जलेको पथमा, चड़ेको रथमा : नेपाली कविताहरु
जलेको पथमा, चड़ेको रथमा,
बिपना सजायौ,
बिलाई जाने सपना भयौ,
दिल किन बसायौ ।
एउटा गीत भयो तिम्रै जीत भयो,
गाउँनु नै सकीन,
अँगालो फिजाइ सपना पारी,
पाउनु नै सकीन ।
सुतधै छु मायालु सपनाको बनमा,
तिम्रै पो खोजीमा,
कोसेली पनि ल्याएको छुईन,
केही छैन गोजीमा ।
त्यसो नभन न मायालु,
यो छाती फेरी दुख्छ,
दुई दिनको जिन्दगीमा,
माया भए पुग्छ ।
सोंचेर हेर वारी पारी,
धन त मन् मा छ,
खोजेर हेर ढुङ्गा माथी,
निशानी बन् मा छ ।
समझेर बसी परख्यौ भने,
मेरै जोड़ हुन्छ,
ढल्की गयौ तिमी भने,
फेरी बिछोड़ हुन्छ ।
जरी बुट्टी बेच्नु तराई झर्थ्यो,
पैदल जान्थ्यो, पैदल आऊँथ्यो,
जे जती छ पेट भरी खान्थ्यो,
एक रुपिया पनि धेरै हुन्थ्यो ।
एक हप्ता पछी.......के भयो के भएन,
फर्केर फेरी आएन,
बाघ ले खायोकी साँपले डस्यो,
लास पनि उसको पाएन ।
आकाश बिनाको कहाँ हुन्छ पातल,
पानी बिनाको कहाँ हुन्छ बादल,
दिन भरी भरी आँशुले धुन्थ्यो,
रात परे पछी सँधै नै रुन्थ्यो ।
धेरै मुटुमा लाग्यो भाला,
फुलेछ कपाल चाउरेछ गाला,
लहरलाई हेरेर चित्त बूझायो,
ठेलामा बसेर जिन्दगी बितायो ।
कस्तो जिन्दगी, कस्तो माया...........
हे इशवर .........यस्तो कसैमा नहोस् ।।
आर्नोल्ड राई,
संत मेरीज हिल,
खरसाङ्ग ।।
बिपना सजायौ,
बिलाई जाने सपना भयौ,
दिल किन बसायौ ।
एउटा गीत भयो तिम्रै जीत भयो,
गाउँनु नै सकीन,
अँगालो फिजाइ सपना पारी,
पाउनु नै सकीन ।
सुतधै छु मायालु सपनाको बनमा,
तिम्रै पो खोजीमा,
कोसेली पनि ल्याएको छुईन,
केही छैन गोजीमा ।
त्यसो नभन न मायालु,
यो छाती फेरी दुख्छ,
दुई दिनको जिन्दगीमा,
माया भए पुग्छ ।
सोंचेर हेर वारी पारी,
धन त मन् मा छ,
खोजेर हेर ढुङ्गा माथी,
निशानी बन् मा छ ।
समझेर बसी परख्यौ भने,
मेरै जोड़ हुन्छ,
ढल्की गयौ तिमी भने,
फेरी बिछोड़ हुन्छ ।
जरी बुट्टी बेच्नु तराई झर्थ्यो,
पैदल जान्थ्यो, पैदल आऊँथ्यो,
जे जती छ पेट भरी खान्थ्यो,
एक रुपिया पनि धेरै हुन्थ्यो ।
एक हप्ता पछी.......के भयो के भएन,
फर्केर फेरी आएन,
बाघ ले खायोकी साँपले डस्यो,
लास पनि उसको पाएन ।
आकाश बिनाको कहाँ हुन्छ पातल,
पानी बिनाको कहाँ हुन्छ बादल,
दिन भरी भरी आँशुले धुन्थ्यो,
रात परे पछी सँधै नै रुन्थ्यो ।
धेरै मुटुमा लाग्यो भाला,
फुलेछ कपाल चाउरेछ गाला,
लहरलाई हेरेर चित्त बूझायो,
ठेलामा बसेर जिन्दगी बितायो ।
कस्तो जिन्दगी, कस्तो माया...........
हे इशवर .........यस्तो कसैमा नहोस् ।।
आर्नोल्ड राई,
संत मेरीज हिल,
खरसाङ्ग ।।


Post a Comment