Header Ads

ममताका नया दांव - दार्जीलिंग मा नेपाली माओवादीले सहयोग गरेको दाबी

कोलकाता: पश्चिम वंगालको दार्जिलिङमा जारी छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा नेपालका माओवादीले सहयोग गरेको वंगालको सरकारको गुप्तचर विभागले दावी गरेको छ । मुख्यमन्त्री ममता वेनर्जीले हड्ताल फिर्ता लिन मोर्चालाई ७२ घण्टे अल्टिमेटमको सीमा सकिन लाग्दा गुप्तचरले यस आशयको प्रतिवेदन वाहिर ल्याएको हो । गुप्तचरले मोर्चाका अध्यक्षसहितका नेताहरु नेपाली माओवादीको प्रत्यक्ष सम्पर्कमा रहेको दावी गरेको छ  । तर, कुन माओवादी भन्ने प्रष्ट खुलाइएको छैन । 'मोर्चाका नेताहरु नेपालका माओवादीको नियमित सम्पर्कमा छन्', गुप्तचरको प्रतिवेदन उद्धृत गर्दै नेपाली अखवार हिमालय दर्पणले लेखेको छ,'गोर्खाल्याण्ड आन्दोलनका लागि हतियार र रुपैयाँ पनि नेपालवाटै भित्रिएको छ ।' यता, मोर्चा अध्यक्ष विमल गुरुलले गुप्तचर प्रतिवेदनप्रति आपत्ति जनाउदै राज्य सरकारले आन्दोलन दमन गर्ने नियतका साथ हावादारी प्रतिवेदन वाहिर ल्याएको दावी गरेका छन् । 

Powered by Blogger.