Header Ads

नेपाली कलाकार अमेरिकाको कालो सूचिमा, पाउन छाडे ‘पी थ्री’ भिसा

अनलाइखबर डट कम
काठमांडो : नेपाली कलाकार अमेरिका भनेपछि मरेहत्ते नै गर्छन् । अमेरिका कार्यक्रमका लागि पुगेका धेरै कलाकार त्यतै लुक्ने गरेका छन् । यसैले पनि अमेरिकी सरकारले नेपाली कलाकारलाई दिदै आएको सुविधामा कटौती गरेको छ । कार्यक्रमका लागि अमेरिका जान दिइने पी थ्री भीसामा रोक लगाइएको छ । अमेरिकाबाट प्रकाशित हुने खसोखास साप्ताहिकका अनुसार पी थ्र भीसामा रोक लगाइएपछि कलाकारहरुले भ्रमण भीसा वा अन्य भीसा भन्दै एप्लाई गरिरहेका छन् । अमेरिकी सरकारको गृहमन्त्रालयको तथ्यांक अनुसार गत बर्ष १ लाख ६ हजार ३ सय २५ जना कलाकार र खेलाडीहरु कार्यक्रमका लागि पी थ्री भीसामा अमेरिका पुगेका थिए । जसमध्ये १६ जना मात्र नेपाली थिए ।

सन् २०१२ को मार्चदेखि हालसम्म अमेरिका आउन चाहने प्राय सबै कलाकारहरुको भिसा अस्विकार गरिदै आएको उक्त साप्ताहिकले जनाएको छ । नेपाली कलाकारहरु अमेरिकामा पुगेर त्यतै बस्न थालेपछि र आयोजकले कार्यक्रम विना नै कलाकारहरुबाट मोटो रकम असुलेर अमेरिका पुर्‍याउन थालेपछि यस्ता कडाई गरिएको हो । प्री थ्री भिसा अस्विकृत भएपछि केही कलाकारहरुले धार्मिक भिसा समेत एप्लाई गरेर अमेरिका पुगेको बताइएको छ । केही समय अघि नायक आर्यन सिग्देल, नायिका नन्दिता केसी, सुनिता दुलाल र गायक डीजेराजलाई पनि अमेरिकाले भिसा दिन अस्विकार गरेको थियो ।सन् २००७ मा सबैभन्दा धेरै नेपाली कलाकार अमेरिका पुगेका थिए ।
Powered by Blogger.