Header Ads

एमाले छाडेर नायक भुवन केसी राप्रपा नेपालमा

काठमाण्डौ ।  एमालेमा लागेर सभासद बन्ने चाहना पूरा नभएपछि नायक भूवन केसी अब पार्टी परिवर्तनमा पनि अग्रसर देखिएका छन् । उनी एमाले परित्याग गर्दै राप्रपा नेपालमा प्रवेश गर्न लागेका हुन् । एमालेले प्रत्यक्षतर्फ नाम सिफारिश गरेर पनि फिर्ता लिएको भन्दै भूवन असन्तुष्ट बनेका थिए । उनले पार्टी भित्र आफ्नो कुनै मुल्यांकन नभएको गुनासो गर्दै आएका छन् । कार्यलयमा आयोजना हुने कार्यक्रममा अध्यक्ष कमल थापाको हातबाट टिका र माला लगाई पार्टी प्रवेश गर्ने तयारीमा छन् । नायक केसीसँगै एमाओवादीका जनार्दन आचार्य, धनकुटाका मोहन पोखरेल र पत्रकार समेत रहेका पदम ठकुराठी पनि आजै कमल थापाको पार्टीमा प्रवेश गर्ने कार्यक्रम छ । 

उता राप्रपा नेपाल प्रवेश गरे लगतै भुवन केसी एकिकृत नेकपा एमाओवादीले तयार पार्न लागेको चुनावी गीतमा अभिनय गर्ने छन् । एक कलाकार भएको नाताले आफूले अभिनय गर्न लागेको भुवनले बताए । एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य प्रभु शाहले तयार पारेका विभिन्न ७ वटा चुनावी गीतमा भुवन केसी नाच्न लागेका हुन् । उनीसँग नायिका रेखा थापा, नायक आयूष रिजाल लगायतले पनि गीतमा अभिनय गर्नेछन् । गीतमा एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि अभिनय रहने बताइएको छ । यो गीतलाई माओवादीले जनतासँग भोट माग्नको लागि प्रयोग गर्ने तयारीमा छ ।


Powered by Blogger.