Header Ads

उत्तराखण्डमा नेपाल-भारत संयुक्त सैन्य अभ्यास शुरु

पीटीआइ
देहरादून।
भारतको उत्तराखण्ड राज्यको पिथौरागढमा नेपाल र भारतका सोनावीच संयुक्त सैन्य अभ्यास शुरु भएको छ । संयुक्त सैन्य अभ्यासमा युद्धसम्वन्धी साधारण अभ्यास एवं पर्वतीय सैन्य अभ्यास गरिने भारतीय आर्मीलाई उद्वृत गर्दै प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआइ)ले जनाएको छ । अक्टोबर ६ सम्म चल्ने संयुक्त सैन्य अभ्यासमा उच्च पहाडी क्षेत्रमा हुने प्राकृतिक विपत्तिबाट आईपर्ने आपतकालीन अवस्थामा गरिने उद्धार प्रकृयाको पनि दुवै देशका सैनिकले अभ्यास गर्ने भएका छन् । “सैन्य अभ्यामा ९ सय भन्दा बढी भारतीय र नेपाली सैनिक सहभागी हुने जनाइएको छ । 

नेपाल र भारतको पहाडी भौगोलिक क्षेत्रमा गरिने सैन्य गतिविधिबारे दुवै देशका सैनिकले ज्ञान आदान प्रदान गर्ने भारतीय सैनिकका एक अधिकृतलाई उधृत गर्दै पीटिआइले जनाएको छ । “यो संयुक्त सैन्य अभ्यास यसअघिसम्म प्लाटुन स्तरमा चल्दै आएको थियो । अहिले दुवैतर्फका कम्पनी तहका सैनिकहरु सहभागी भएका छन् । संयुक्त सैन्य अभ्यास उत्तराखण्डका विभिन्न पहाडी भूगोलमा सम्पन्न गरेपछि दुवै देशका सैनिक जवानहरुले अभ्यास समापनका दिन अक्टोबर ६ मा विभिन्न सांस्कृति कार्यक्रम पनि गरिने बताइएको छ ।




Powered by Blogger.