Header Ads

बिनय तामाङ जीटीए चिफ एक्ज्युकेटिभ चुनिए

दैनन्दिनी समाचार
कालेबुङ ।
'जीटीए फेल भयो' भन्ने गोजमुमो नेताहरुले आखिरमा जीटीएको चिफ एकज्युकेटिभ पदमा सभासद बिनय तामाङलाई सर्वसहमतिले चयन गरेको छ। दार्जीलिङको भानु भवनमा सम्पन्न भएको जीटीएको बैठकमा आज तामाङलाई चिफ बनाईको छ। यसभन्दा अघिको बैठकमा मोर्चाले चिफ एकज्युकेटिभ चयन गरेको थिएन भने आज दोस्रो चोटि मुख्य सचिव आर ड्री मिनाले डाकेको बैठकमा तिनलाई चिफ बनाईको छ। तिनलाई चिफ बनाउँन साथै सम्पूर्ण पूर्व अनुमानहरु समेत समाप्त भएको छ। सभासद तामाङ अहिले जेलमा छन। तिनलाई पुलिसले 22 सितम्बरको दिन पक्राऊ गरेको थियु। दार्जीलिङ पहाडका सम्पूर्ण राजनैतिक पार्टीहरुले गोर्खाल्याण्डको बाटोमा जीटीए बाधा भयो भन्दै आन्दोलनलाई अघि बडाए पछि मोर्चा प्रमुख बिमल गुरुङले जीटीए फेल भयो भन्दै जीटीए प्रमुखको पदबाट राजीनामा दिएको थियो। 

तिनले राजीनामा दिए पछि रिक्त रहेको उक्त प्दमा सरकारले बारम्बार नियुक्ति गर्ने दबाव बनाईरहेको समयमा पनि मोर्चाले जीटीएमा फर्केर नजाने अडान राखेर गोर्खाल्याण्ड प्रेमी जनताको मनमा विश्वास जगाएको थियो। तर आखिरमा मोर्चाले जीटीएको बाटोनै रोजेको छ। मोर्चाले जीटीए प्रमुख पदमा बिनय तामाङलाई आसिन गराउँने निर्णय लिन साथै गोर्खाल्याण्ड आन्दोलनलाई दबाउँनको निम्ति राज्य सरकारले चालेको चाल समेत सफल बनेको छ। यस्तो अवस्थामा गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउँनकै निम्ति गठन भएको गोर्खाल्याण्ड जोईन एल्क्सन कमिटिको अस्तित्व भने के हुने भन्ने प्रश्न अहिले टट्कारो बनेको छ।


Powered by Blogger.