Header Ads

वासिङ्टन नेभी वार्डमा गोली चलाउने ‘मानसिक रोगी’

वासिङ्टन : संयुक्त राज्य अमेरिकाको वासिङ्टन नेभी वार्डमा  अन्धाधुन्ध गोली चलाएर १२ जनाको ज्यान लिने सन्दिग्ध एरोन एलेक्सिस ‘मानसिक रोगी’ भएको अनुमान छ । सोमबार भएको घटनापछि प्रहरीको जवाफी कारबाहीमा एलेक्सिसको पनि मृत्यु भएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार उनलाई केही महिनापहिले मानसिक रोगको उपचार गरिएको थियो । बिबिसीको अनलाइन संस्करणमा उनले केही दिनअघिसम्म औषधि लिइरहेको जनाइएको छ । अमेरिकी एजेन्सी एफबिआईका अनुसार सन् १९७९ मा न्युयोर्कमा जन्मेका एलेक्सिस आफ्ना बाबुआमासँग ब्रुकलिनमा बस्थे । अमेरिकी पत्रिका वासिङ्टन पोस्टले एलेक्सिसले एक रेस्टुरेन्टमा काम गर्ने जनाएको छ । पोस्टले उनले केही महिनापहिले धर्म परिवर्तन गरेर बौद्ध धर्म अपनाएको पनि जनाएको छ । 




Powered by Blogger.