Header Ads

यौनकाण्डमा फ़सिएका भारतका धार्मिक बाबाहरु

आध्यात्मिक भेष धारण गरेका बाबा अर्थात् धार्मिक गुरुहरूको भारतमा ठूलो ‘स्कोप’ छ । ‘भनेजस्ता र खोजेजस्ता’ हरेक आकारप्रकारका बाबा त्यहाँ उपलब्ध छन् । भारतभित्रै यी बाबाहरूको पृष्ठभूमि भने विवादास्पद छ । सेक्सदेखि ठगीसम्ममा उनीहरू मुछिएको पाइन्छ । हालै आशाराम बापु नामक एक बाबा यौन प्रकरणमा जेल नै परे । यहाँ भारतीय समाचार एजेन्सी चिरञ्जीवीबाट संकलित बाबाहरूका केही चर्चित स्क्यान्डल प्रस्तुत गरिएको छ । 

सत्य साईबाबा
सत्य साईबाबा यौन उत्पीडनको आरोप खेप्ने सम्भवत: पहिलो सन्त थिए । त्यसो त आफ्नो पूरै जीवनमा उनी कुनै न कुनै विवादमा मुछिए । हातबाट विभूति पैदा गर्ने उनको जादुगरी कलालाई अनुयायीहरूले चमत्कारको नाम दिएका छन् । केही विदेशी भक्तले त उनीमाथि यौनशोषणको आरोपसमेत लगाए । आफ्ना भक्तलाई सम्मोहित गरेर यौनशोषण गरेको आरोप उनीमाथि थियो । कुण्डलिनी जागृत गर्ने नाममा उनले आधिरातमा आफ्ना महिला शिष्यासित अनुचित सम्बन्ध राख्ने गरेको पनि बताइन्छ । सन् १९७० मा एक ब्रिटिस लेखक टल ब्रोकले सत्य साईबाबालाई ‘सेक्सको भोको’ संज्ञा दिएका थिए । उनीविरुद्ध विभिन्न देशमा मुद्दासमेत परेको थियो । आफ्नो चमत्कारले जस्तो रोग पनि ठीक पार्ने दाबी गर्दै आएका साईबाबा आफ्नो जीवनको अन्तिम समयमा भने अस्पतालको शरणमा पुगेका थिए । 

ओशो रजनीश
आशोको नामले चिनिने रजनीशमाथि ड्रग्स सेवन गर्ने तथा खुला यौन क्रियाकलाप आयोजना गर्ने गरेको आरोप लाग्दै आएको छ। यसको खुलासा विगतमा उनकी पिए भएकी शीला आनन्दले गरेकी थिइन्। ओशो एक अद्भुत व्यापारी भएको पनि बताइन्छ। उनी आफ्नो उत्पादन, त्यसको मूल्य र बजारको राम्रो जानकारी राख्थे। ओशोको आश्रममा सबैलाई जोसुकैसित सेक्स गर्न खुला थियो। सेक्ससम्बन्धी उनका थुप्रै आपत्तिजनक अभिव्यक्ति जनमानसमा विवादित र आलोचित छन् ।

इच्छाधारी बाबा
दिल्लीबाट पक्राउ परेका कथित इच्छाधारी बाबा प्रवचनको आवरणमा सेक्स धन्दा चलाउँथे। उनको वास्तविक नाम शिवमुरत द्विवेद्वी हो। उनले दक्षिणी दिल्लीको खानपुरमा एउटा मन्दिर बनाएका थिए। धर्मको नाममा यौनधन्दा चलाउने इच्छाधारीलाई देहव्यापारको आरोपमा पक्राउ गरिएको थियो । यी बाबा सन्त स्वामी भीमानन्द महाराज चित्रकुटवाले नामले पनि चिनिन्छन् ।


विक्रम चौधरी
भारतीय मूलका योगगुरु विक्रम चौधरी आफ्नो ‘हट योग’ का कारण मानिसलाई प्रभावित पार्दापार्दै थुप्रै सेक्स स्क्यान्डलमा फसे। उनीमाथि यौनशोषण र बलात्कारको मुद्दा अहिले पनि चलिरहेको छ। यसका अलावा उनकी सल्लाहकार मीनाक्षी जावा बोडनले विक्रमलाई नक्सलवादी भएको दाबी गरेकी छिन्। उनकी एक पूर्वशिष्याले पनि उनीमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन्। सारा बान नाम गरेकी २९ वर्षीया महिलाले विक्रम चौधरीले आफूमाथि थुप्रैचोटि यौनसम्पर्कका लागि दबाब दिएको दाबी गरेकी छिन् ।
समाचार अनुसार विद्यार्थीकालमा बान बिक्रम चौधरीको योग कक्षामा जाने गर्थिन्। सन् २००५ मा चौधरीले आफ्नो आश्रममा बानसित आपत्तिजनक प्रस्ताव राखेका थिए। चौधरीले पूर्वजन्ममै उनीहरूको सम्बन्ध रहेको बताउँदै यौनसम्बन्धका लागि दबाब दिएपछि बानले अस्वीकार गरिन्। चौधरीले थुप्रै शक्तिशाली अन्तर्राष्ट्रिय व्यक्तिलाई योग सिकाइसकेका छन् । उनीसित योग सिक्नेमा अमेरिकाका पूर्वराष्ट्रपतिहरू निक्सन, रोनाल्ड रेगन, बिल क्लिन्टनलगायत छन् ।


स्वामी नित्यानन्द
दक्षिण भारतको एउटा चर्चित टिभी न्युज च्यानलले त्यहाँका ख्यातिप्राप्त धर्मगुरु स्वामी नित्यानन्दलाई एक तामिल नायिकासित रासलीला गरिरहेको दृश्य देखाएको थियो। ती स्वामीलाई बलात्कार, अश्लीलता र मारपिटको आरोपमा पक्राउ पनि गर्‍यो, भारतीय प्रहरीले। उनी थुप्रै दिनसम्म फरार रहे र फेरि प्रहरीले पक्राउ गरेर जेलमा कोच्यो । भारतीय सिआइडीले स्वामी नित्यानन्दविरुद्ध रामनगरं अदालतमा एउटा मुद्दा दायर गरेको थियो, जसमा उनले अन्य महिलाका अलावा एक विदेशी भक्तिनीसित कैयौँपटक जबर्जस्ती शारीरिक सम्बन्ध कायम गरेको उल्लेख छ । सिआइडीले दायर गरेको रिटमा नित्यानन्द अप्राकृतिक यौन क्रियाकलापमा पनि संलग्न हुने गरेको दाबी गरिएको थियो ।

 - चिरञ्जीवी


Powered by Blogger.