कांग्रेसले बहुमत ल्याउने सुशील कोइरालाको दावी
चितवन । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले अब हुने निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दावी गर्नु भएको छ । रिपोर्टर्स क्लब नेपाल चितवन शाखाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा कोइरालाले नेपाली जनता कांग्रेसको पक्षमा भएको भन्दै बहुमत ल्याउने दावी गर्नुभयो । पहिलो संविधानसभामा कांग्रेस नेतृत्वदायी उपस्थिति नहुँदा संविधान नबनेको उहाँको भनाई थियो । पार्टीभित्र आफू र बरिष्ठ नेता शेरबहादुर देउवाबीच कुनै मतभेद नरहेको भन्दै उहाँले टिकट वितरणले नै यसको पुष्टि गरेको दावी गर्नुभयो । एकसाताभित्र पार्टीले घोषणा पत्र सार्वजनिक गर्ने भन्दै कोइरालाले काग्रेस एक भएर चुनावमा जाने बताउनुभयो । मंसिर ४ को निर्वाचनमा नेकपा–माओवादीलाई ल्याउन आफूले सक्दो प्रयत्न गरे पनि नआएको भन्दै उहाँले अब शान्तिपूर्ण रुपमा जनतालाई मतदानको अवस्था बनाउन माओवादीसँग आग्रह गर्नुभयो ।


Post a Comment