सेबन्त पोख्रेल परदेशीका नेपाली भाषाका कविता - “ हे आमा ”
हे आमा मेरी तिमी नै अब बूढीया भैछौ ,
हाड़ र छला चाहुरी गाला कुप्रि परिछौ |
धामिला आखा हरिया नशा तिम्रा भएछन
कालो त्यो केश कपास सरि थोरै नि रहेछन
धेरै भयो नपाको देख्न दर्शन आज गरे ,
मन मेरो तृप्त भो माते लौ है चरण परे |
तीर्थ र वर्त तिमी नै मेरी चौध भुवन मा ,
पाऊ हो मन्दिर शिर हो मुकुट तिम्रो चरण मा |
प्रणाम गर्दै आशिष् आमा म यो माग्दछू ,
सेवा मा तिम्रो तल्लीन होस मन संकल्प राख्दछू |
शिक्षा र संस्कार तिम्रै हो आमा तिमीले दिएको ,
गुरु हौ तिमी शिष्य हु म दीक्षा लिएको |
छोरो तिम्रो बसि छेऊ आमा सेवा गर्ने छ ,
गीता र ग्रंथ सुन्नु है आमा लौ सुनाउने छ |
जन्म दिई हुर्कायौ मलाई दुख धेरै पाई ,
ऋणी छु आमा सक्दिन तिर्न यो ऋण लाई |
तै पनि प्रयाश गर्ने छु आमा सेवा तिम्रो गरि ,
हुनेछू धन्य हे आमा म यो जन्म जुनी भरि |
( सेबन्त पोख्रेल परदेशी, असम, हाल-नयाँ दिल्ली , रचनाकाल-19/12/12 , राति 10.00 बजि|)


Post a Comment