Header Ads

जेलमै ४० बर्ष बिताएपछि अदालतले ‘निर्दोष’ भने

लूजियाना : अमेरिकाको लूजियाना राज्यका न्यायाधीशले हत्याको आरोपमा पछिल्लो ४० वर्षदेखि जेलमा रहेका एक कैदीको सजायँलाई असंवैधानिक ठहर गरेका छन् । अमेरिकी न्यायाधीश ब्रायन ज्याक्सनले सजाय भोगिरेका र गम्भीर विरामी रहेका हरमन वालेसलाई रिहा गर्न आदेश दिएका छन् । वालेस सन् १९७४ देखि हत्या आरोपमा जेलमा सजाय भोगिरहेका छन् । न्यायाधीशले जुन आधारमा पहिलेको फैसलालाई असंवैधानिक ठहर गरे, त्यो पनि कम रोचक छैन । 

ज्याक्सनले आफ्नो फैसलामा लेखेका छन–वालेसलाई सजाय दिने न्यायाधीशहरुमा कोही महिला थिएनन्, जसका कारण निष्पक्ष सुनुवाई हुन सकेन । संघीय अदालतले यो मामिलालाई गलत मानेको छ । तर, निकै ढिला भइसकेको छ ।’ हरमन क्यान्सरका कारण मृत्युसँग लडिरहेका छन् । ७१ वर्षको भइसकेका वालेसलाई गत वर्ष लीभर क्यान्सर भएको थियो । डाक्टरका अनुसार अब उनी लामो समयसम्म बाच्न सक्दैनन । वालेससहितका ३ माथि १९७२ मा एक जेलका गार्डको हत्याको आरोप लागेको थियो ।

ONLINEKHABAR

Powered by Blogger.