Header Ads

भुमिराज इच्छुकका नेपाली भाषाका कविता - 'नझरोस् है'


फुल जस्तो जोवन तिम्रो ओइलिएर नझरोस् है
चोरीलान काँडाबाट आँट कोही नगरोस् है
मोहित होलान् भमरा र माहुरीका ताँतीहरु
आउँछ कान्छो सपनीमा तगारोमा नपरोस् है
सोध्नु खबर नेपाल जाने कोही कतै भेट्यो भने
सुख दुख बाँचेकै छु भ्रम उसले नछरोस् है
याद आउँछ सानु तिम्रो ह्दयमै नअटाउने
चाहना छ निद तिम्रो कहीँ कतै नहरोस् है
-भुमिराज इच्छुक

Powered by Blogger.