सिन्कोना खेतीको 150 वर्षे यात्राको ईतिहास लेखौँ
डी के वाइबा
दार्जीलिङ : भारतमा अङ्ग्रेजहरुले सन 1862 देखी दार्जीलिङ पहाडको मङपूमा सिन्कोना खेतीको सुरुआत गरेको हो। सन 1862 देखी सुरु भएको सिन्कोना खेतीले यस वर्ष 2013 मा 150 बर्षको लामो यात्रा तय गरिसकेको छ। यस 150 वर्षे लामो यात्रामा दार्जीलिङ पहाडमा चिया पछी दोस्रो सर्वबृहत उद्योगको रुपमा स्थापित सिन्कोनाले कस्ता कस्ता व्यक्तित्वहरु जन्माएका छन ? मङ्पूबाट शुरु भएको यस खेती अहिले रोङ्गो, मन्सोङ, सिल्लेरी, सिटोङ-लाठपञ्चर, अम्बटे आदि स्थानहरुमा गरिन्दै आईरहेको छ। यति लामो 150 वर्षे यात्रामा सिन्कोना बगानमा जन्मिएका महान व्यक्तिहरुको जिउँदो ईतिहासको पुस्तक निकाल्ने तयारी भईरहेको छ यस महत कार्यमा सम्पूर्ण सिन्कोना संग जडित महानुभवहरुले सहयोग गरिदिनुहुन हार्दिक निवेदन गर्दछौ।
1. पुस्तक कस्तो हुने ? पुस्तक केवल परिचयात्मक हुनेछ। सिन्कोनाको ईतिहास। बिभिन्न बगानहरुको छोटो परिचय आदि।
यसमा के के समावेश हुने ?
2. बी ए देखी उँभो पडेका सिन्कोना बगानका मानिसहरुको सूची। यदी सम्भव नभए एम ए उँभो पटेकाहरुको सूची।
3. राजनीति, खेल, साहित्य, संगीत, सेनामा उच्चपदस्थ अधिकारीवर्ग, उच्च पदमा आसीन सरकारी अधिकारीवर्ग, सामाजिक सेवामा सक्रिय व्यक्तिहरु, कलाकार, चित्रकार आदिको छोटो परिचय समावेश गरिनेछ।
( नोट: यो एउटा प्रारम्भिक चरण हो त्यसर्थ सुझावको अपेक्षा रख्दछौ। )
सम्पर्क गर्नुहोस - डी के वाइबा ( 98323 18537 ) dtamang24@yahoo.com or dkwaiba@gmail.com
उमेश उपमा ( 9832459580 ) upamapublication@gmail.com


Post a Comment