Header Ads

पृथ्वीनारायण शाह बन्ने नायक राजेश हमालको चाहना

ऑनलाइन खबर 
मंसिर २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सौर्य’मा छोटो भूमिका गरेका नायक राजेश हमालललाई अझै चित्त वुझेको छैन । चलचित्रमा उनी पृथ्वीनारायण शाहको भूमिकामा देखिदैछन्। कार्यक्रममा बोल्दै हमालले यस्तो गेटअपमा आफूलाई पूरै सिनेमा खेल्न मन लागेको चाहना व्यक्त गरेका छन् । ‘मलाई त एउटा पुरै सिनेमामा नै यस्तो गेटअप होस् भन्ने चाहना छ, आशा गर्छु चाडै पुरा हुनेछ’ हमालले भने । हाकिम ईन्टरटेन्मेन्टको व्यानरमा तयार भएको यो चलचित्रलाई नेपालकै पहिलो सुपरहिरो सिनेमा भनिएको छ । सुरेन्द्र गुरुङको लगानीमा तयार भएको यो चलचित्रलाई मार्कण्डे दिपविम बस्नेतले निर्देशन गरेका हुन् । रामेश्वर कार्कीको छायांकन, शंकर महर्जनको द्वन्द्व, विशाल कोइराला, चन्दन दत्तको सम्पादन रहेको ‘सौर्य’मा सेक फोर बाट्सको संगीत छ । चलचित्रमा राजेश हमाल, सौगात मल्ल, हेमा श्रेष्ठ, अनुप विक्रम शाही, रवि बस्नेत, सुशिल पोखरेल, रविन्द्र खड्का लगायतको अभिनय छ ।




Powered by Blogger.