"साहित्यको संसार" द्वारा आमा विषयमा कविता प्रतियोगिता
अनलाइन साहित्य पेज/पृष्ठ "साहित्यको संसार" ले आउदो केही दिन भित्रमा नै "आमा" नामक एक विषय लिएर कविता प्रतियोगिता संचालन गरी रहेको छ, जसको उद्देश्य नवीन लेखक/कवि हरुलाई प्रोत्साहन दिनु र साथै देवनागरी लिपि को वृहत प्रचार-प्रसार गर्नु हो । भारतवर्षमा नै नेपालि भाषा को प्रथम अनलाईन कविता प्रतियोगिता संचालन हो । भारत भरिका कवि/लेखक हरुलाई यो प्रतियोगिता मा भाग लिन हुन सादर निमंत्रण गरिन्छ । "साहित्यको संसार" ले संचालना गर्ने यो प्रतियोगितामा भाग लिने इच्छुक नवीन/कवि लेखक हरुलाई दिनांक
15/11/2013 देखि 25/11/2013 सम्म साहित्यको
संसार द्वारा संचालित हुने "आमा विषयको" कविता प्रतियोगिता मा भाग
लिन हजुर लाइ सादर आमन्त्रित गरियो ।
उक्त प्रतियोगितामा भाग लिएर
प्रतियोगिता लाइ सफल तुल्याउन नम्र निवेदन रह्यो । आफू द्वारा लिखित कविता
पोस्ट / प्रदर्शन गर्न अनुरोध गरिन्छ । हाम्रो गठित समिति ले हजूर हरुका
कविता पठन-मनन र शैली जाँच गरि प्रथम दोस्रो र तेस्रो दर्जा मा राख्नु हुने
छ, प्रथम पुरस्कार जीतने महाशय/ महाशायिका ले नगद रु १५०० (1500) र क्रमश
दोस्रो अनि तेस्रो पुरस्कार विजेता लाई रु नगद १००० (1000) र ५०० (500)
साथै प्रशंसा पत्र प्राप्त गर्नु हुने छ / (ले सम्मान गरिने छ) पुरस्कार वितरण मा कसैको हस्तक्षेप र टिप्पणीलाई मान्यता दिईने छैन, चयन समिती को निर्णय नै अन्तिम र मान्य हुने छ । उक्त प्रतियोगिता मा भाग लिन यो लिंक मा विजिट गर्नुहोला र आफु त्यो ग्रुपमा सामेल हुन् ग्रुपको वाल मा जोइन ग्रुपमा क्लिक गर्नु होला ।
साहित्यको संसार को लिंक - https://www.facebook.com/groups/sahityahirak/
अन्यथा यो नंबर मा संपर्क गर्नु हुन अनुरोध गरिञ्छ, संचालक साहित्यको संसार- सेबन्त पोख्रेल परदेशी, नयाँ दिल्ली – चलभाष- 099582- 68981 साहित्यको संसार को लिंक - https://www.facebook.com/groups/sahityahirak/


Post a Comment