एप्पल र सामसुङको पेटेन्ट बिबाद फेरि अदालतमा
एप्पल र सामसुङबीच फेरि पेटेन्ट विवाद अदालतमा पुगेको छ । अगष्ट २०१२ मा एप्पलको ६ पेटेन्ट उल्लघन गरेको भन्दै सामसुङलाई दोषी ठहर गर्दै भारी जरिवाना तिर्न भनेको थियो । सामसुङले एक अर्ब डलर जरिवाना तिर्न परेपछि एप्पलले ‘ठूलो जित’ का रुपमा टिप्पणी गरेका छ । यी दुई कम्पनीबीच पेटेन्ट मामिलामा विभिन्न देशमा मुद्दा चलिरहेको छ ।
क्यालिफोर्नियाको अदालतले क्षतिको गणना गलत गरिकाले गरेको मार्च २०१३ मा एक न्यायाधिशले एक अर्ब जरिवानालाई घटाएर ५५ करोड मात्र तय गरेका थिए । फैसलाविरुद्ध एप्पलले अपील गर्दैछ । जहाँ एप्पलले १ अर्बभन्दा बढी जरिवाना माग गर्न सक्ने बताइएको छ ।
यसअघि पनि उसले २.५ अर्ब डलर क्षतिपूर्ति मागेको थियो । यी दुई कम्पनीबीच युरोपका १० भन्दा बढी देशमा पेटेन्ट विवाद छ ।


Post a Comment