अमेरिका, युरोप र अफ्रिकामा देखियो अनौठो सूर्यग्रहण
अफ्रिकाको अधिकांश क्षेत्र, यूरोप र अमेरिकाको केही भागमा एक अनौठो सूर्यग्रहण देखिएको छ । यस क्रममा चन्द्रमाले सूर्यलाई पूर्ण र आशिंक रुपमा छेकेको थियो ।
मध्य अफ्रिकी देश गाबोनमा नेपाली समयअनुसार आइतवार साँझ ७ बजेर ३५ मिनेटमा एक मिनेटका लागि पूर्ण सूर्य ग्रहण लागेको थियो । त्यसपछि पूर्ण ग्रहण पूर्वतर्फ बढ्दै पुरा अफ्रिकी महाद्वीपलाई ढाक्यो । आशिंक ग्रहण उत्तरी अमेरिका र दक्षिणी यूरोपबाट समेत देखिएको थियो ।
बीबीसीका अनुसार विशेषज्ञहरुले सूर्य ग्रहण नाङ्गो आँखाले नहेर्न चेतावनी दिएका थिए । यो ग्रहण यस कारण पनि अनौठो थियो, ग्रहण बृत्तकार ग्रहण र पूर्ण ग्रहणको मिल्दो जुल्दो रुप थियो ।
पूर्ण ग्रहणमा चन्द्रमाले सूर्यलाई ढाकेको थियो र सूर्यको बाहिरी घेरा बृत्तकारमा सूर्यको प्रकाश देखिएको थियो । सबैभन्दा नजिक अटलान्टिक महासागरमा लाइबेरियामा ३ सय ३० किलोमिटर नजिक देखिएको थियो ।


Post a Comment