Header Ads

गुगलले ८० भाषाबीच नेपाली पनि अनुवाद गर्छ

इन्टरनेट सर्च इन्जिन गुगलले नेपालीसहित थप ९ भाषाको अनुवाद सुरु गरेको छ । तीमध्ये चार एसियाली भाषा हुन् । गुगल अनुवादले नेपाली भाषाको अनुवाद गरेसँगै अन्तर्राष्ट्रियस्तरमा नेपाली भाषाको प्रबर्द्धन हुने विश्वास गरिएको छ । छिमेकी मुलुक भारतको हिन्दी भाषाको अनुवाद भने यसअघि नै सुरु भएको थियो ।सेवा थपसँगै गुगलले अब ८० अलग भाषाबीच अनुवाद गर्न सक्दछ । 'गुगल ट्रान्सलेट' एक सर्भर साइड मेसिन अनुवाद हो । सफ्टवेयर कोष भाषा विज्ञान प्रविधि सफ्टवेयरबाट हुने अनुवाद पेसेवर अनुवादको जस्तै दाबी गरिए पनि नेपालीमा केही त्रुटि देखिएका छन् । 

नेपाली भाषा नेपालको राष्ट्र भाषा र सम्पर्क हो । भारत, भुटान र बर्माका केही भागमा नेपाली भाषा मातृ भाषाकोरुपमा बोलिने गरिन्छ । यो भाषा आर्य-भारोपेली समूहमा पर्दछ ।राष्ट्रिय जनगणना २०६८ अनुसार मातृभाषी नेपाली ४४ दशमलव ६ प्रतिशत छन् ।'गुगल ट्रान्सलेट'ले अबदेखि नेपालीसँगै पञ्जावी, न्यूजिल्याण्डको एउटा आदिवासीको मातृभाषा माओरी र मङ्गोलियन भाषालाई पनि सपोर्ट गर्नेछ । पञ्जावी विश्वभर बोल्ने चलनचल्तीका भाषामध्ये नवौं स्थानमा छ ।

 
Powered by Blogger.