पश्चिम सिक्किमको किराँतेश्वर शिव मन्दिर
पश्चिम सिक्किमको लेग्सेप बजारदेखि लगभग 5 मिनेटको पैदलयात्रा
गरेपछि किराँतेश्वर शिव मन्दिर पुगिन्छ। यो मन्दिर छेउबाट रङ्गीत
खोला बग्दछ। लेग्सेपदेखि मन्दिरतिर जाँदा सोही खोला तरेर जानुपर्छ।
मन्दिरको वरिपरि एकदमै साफ सुग्घर छ। पुल मार्फत् खोला तरे पश्चात्
भेटिने प्रवेश द्वारबाट भित्रिएपछि पवन पुत्रको विशाल मुर्ती देखिन्छ।
दुई चार कदम अघि बड़ेपछि क्रमैले एउटा गुम्बा, श्वि लिंग, राम मन्दिर
हुँदै किराँतेश्वर शिव मन्दिरको प्रमुख द्वारमा पुगिन्छ। मन्दिरको बनवट
एकदमै सुन्दर छ। मन्दिरको अघिल्लतिर यात्री बिसाउने खुल्ला र शान्त जग्गा छ। बिसाउनीमा बिसाएर रङ्गीत खोला बगेको हेर्न खुबै मजा आउँछ।
बिसाउनीको छेउमा भगवान श्रीकृष्णले बाँसुरी बजाउँदै गरेको मुर्ती राखिएको छ।
आहा! यो किराँतेश्वर मन्दिरको वरिपरिको दृश्य साँच्चै मन भुलाउने दृश्य छ।
जति हेर्दा पनि हेरिरहूँ जस्तो...


Post a Comment