Header Ads

चुनावी लड्ने मैदानमा उत्रियो सुगा

पहिले–पहिले पुरुष मात्र चुनाव लड्थे । समयक्रममा महिला पनि चुनावी मैदान आए । त्यतिमात्र हैन, आजकल त तेस्रो लिङ्गी पनि चुनाव लड्न थाले । यो कलिउगमा केही पनि कुरा असम्भव छैन् । त्यसैले त आजकल मानिसमात्र हैन सुगा पनि चुनावी मैदानमा उत्रिएको छ । यो खबर बेलारुसको हो । एक राजनीतिक कार्यकर्ताले स्थानीय चुनावमा आफ्नो सुगालाई मैदानमा उतार्ने हिम्मत देखाएका छन् । उनले आफ्नो सुगालाई एक चुनावी प्रत्यासीका रुपमा नामाङ्कन गराएका छन् । 

केस्टाटसिन भन्छन्–‘सुगालाई नेतालाई जस्तो कार चाहिन्न । तर, जरुरी राजनीतिक काम गर्न सक्छ ।’ जरुरी राजनीतिक कामको उदाहरण दिँदै उनी भन्छन्–कुनै बटम दबाउनु ।’ केस्टाटसिनको सुगाको नाम याशा हो । सुगालाई चुनाव लडाएका उनी भन्छन्–‘म यसबाट बेलारुसको राजनीतिको उपयोगिता बताउन चाहन्छु ।’ यद्यपि अहिले उनले चुनाव लड्न निर्वाचन आयोगमा बुझाएको सबै कागजपत्र फिर्ता लिएका छन् । जरिवानामा पर्ने डरले उनले यसो गरेको हुन सक्ने अनुमान गरिएको छ । अब शाया नाम गरेको सुगा चुनावी मैदानमा छैन । 

- Online Khabar 
Powered by Blogger.