Header Ads

"यी जम्मै हाम्रा-ती जम्मै हाम्रा अनि जम्मै हामी" - एउटा दस्तावेजी शोध लेख

स्वामी स्वदेशानन्द (कनकधारा गुरुजी)
हुन त धर्मको सीमा र जात हुँदैन। अध्यात्म कुनै जातको पेवा हैन। धर्म र अध्यात्म भगवान् हैन। राष्ट्रको सीमा हुन्छ। जातिको सीमा हुँदैन। देश र भगवान् एउटै हैनन्। कुनै जाति संस्कृतिले धनी छ तर त्यो जातिको कहीँ पनि बस्नेअधिकार छैन भने के गर्ने र?नागरिकताभन्दा जातिको परिधि असीमित छ। धर्म आवरण हो। अध्यात्म धर्मभित्रको रस हो।जाति पहिचान हो भने त्यसको अधिकार त्यस जातिको प्राण हो। संस्कृति त्यस जातिकोस्पन्दन हो। अधिकार चाहिँ नितान्त जीवन हो। हाम्रो गोर्खा जाति विश्वमैं आफ्नै कतिपय त्रुटिहरूले गर्दा आज अन्योलको स्थितमा देखिँदैछ। निरन्तर हाम्रो जातिमाथि पर-संस्कृति र परधर्म हाबी हुँदैआएको छ। जस्ले गर्दा भविष्य अन्धकारमय देखिँदैछ।हाम्रा हात र गालाहरूमा राखी र होली सुहाउँदैन। हामी भूटानबाट खेदियौं। भारतका कतिपय स्थानबाट उच्छेद भयौं। नेपालमैं मधेशका कतिपय ठाउँहरूमा भारतीय मधेशीहरूकोअतिक्रमणबाट असुरक्षित भइरहेका छौं। भारत चाहिँ यस्तो देश हो जहाँका थुप्रैजातिहरूले लडाइँ गरेर मात्र  हक-अधिकार पाएका छन्। यहाँ बहुसख्यक एर्यन् जातिहरूको मात्र हित हुने काममा हामी खस र किरातहरू पनि प्रयोग भइरहेका छौं, जो ठूलो भूल भएको छ। हामी कता लाग्यौं? के थियौं?को हौं? भारतका मधेशी एर्यन् र हामी कति भिन्न छौं? हामीले कति जातिलाई मात्र गोर्खा भनेका थियौं र हाम्रा कतिपय जातिहरूको सबैलाई जानकारी नभएको हुँदा  यिनै विषयमा प्रस्तुत छ हाम्रा विविध जातिहरूको संस्कृति, धर्मर जातिको पैतृक थलोसँग सम्बन्धित सम्क्षिप्त जानकारी।

01) खस। (छेत्री, बाहुन, कामी-दमाई, सार्की, वादी, गाइने, सन्यासी र ठकुरी)। नेपालकोकर्णाली प्रदेश खस  जातिको ऐतिहासिक थलोमानिएको छ। हिन्दु सभ्यतालाई अंगीकार गर्नुअधि भिन्न थिए जसलाई प्राचीन जनजातिभनिन्थ्यो। इनलाई खस मूलका जनजाति पनि भनिन्छ। खस जातिका देवता मस्टो थिए। मस्टोहरूअनेकौं प्रकारका छन्। खसहरूका थर अनुसार आ-आफ्नै मस्टो छन् भन्ने प्रमाणित हुँदछ।मस्टोदेवताहरू आ-आफ्ना कुलका देवता हुन् भने सार्वजनिक रूपमा खसहरूले दृश्य-अदृश्यमाभगवान् शंकर र पार्वतीको पूजा गरेको प्रमाणित हुँदछ। चण्ड़ीको पूजा गर्ने, शक्तिकोरूपमा हात-हतियारको र मौलोको पूजा गर्ने चलन खस जातिमा पुराकालदेखि नै थियो भन्नेशोधले पुष्टि गर्दछ।  भारतीय हिन्दू सभ्यताभन्दा पृथक् र रूप, रङले पनि भारतीय मधेशी एर्यन् र द्रविड़भन्दा नितान्त पृथक् खसजाति नेपालको कर्णाली प्रदेशका मूल निवासी हुन् अनि तिनीहरू भारतबाट नेपालतिर गएकायादव र झाहरू जस्ता पटक्कै हैनन्।

02) मगर।  तनहू, म्याग्दी,पाल्पा, बाग्लुङ , नवल परासी, प्यूठान र रोल्पा आदि क्षेत्र अनि नेपालभरि हुँदैभारत र विश्वका कुना-कुनामा कतै धेर र कतै थोर मात्रमा रहेको विश्वासी, सोझो जात। देवता-धामी, झाँक्री, शिकारीदेवता र बाजे-बज्यू।

03) थारू। नेपालको मेचीदेखि महाकालीसम्मको तराई क्षेत्रमा बस्ने, नेपालदेखिबाहिरी मुलुकमा लगभग नभएको जाति। देवता- वन देवी देउता, गाउँ र खेतका देवता।

04) तामङ। सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक रसुवा, नुवोकोट,धादिङ्,मकवानपुर र नेपालभरि हुँदै विश्वभरि फैलिएको गोर्खा महाजातिभित्रको कर्मठ जाति। धर्म-तिब्बती ङिङमापा सम्प्रदायको बौद्ध धर्म। धर्मस्थान- घ्याङ् अथवा गुम्बा। देवता-हिकी। चाड़- वैशाख पूर्णिमाका दिन सिमे, भूमे र कुल पूजा। माघे संक्रान्तिमा ल्हो।

05) नेवार।  काठमाडौ, ललितपुर रभक्तपुर हुँदै अधिराज्यदेखि बाहिरका मुलुकहरूमा पनि रही व्यापार गरेर गोर्खामहाजातिको वाणिज्य सञ्चालन गर्ने जातिका रूपमा प्रतिष्ठित संभ्रान्त जाति। सनातन रबौद्ध दुवै।

06) राई। इलाम, धनकुटा, संखुवासभा,भोजपुर, सोलुखुम्बु र खोटाङ् मूलकानिवासी। यस क्षेत्रबाट नेपालको पूर्वपट्टिको पुरानो नेपाल हुँदै विश्वभरि छरिएकोगोर्खा महाजातिभित्रको संस्कारित जात। धर्म- किराँत, धर्मग्रन्थ- मुन्धुम, देवता-सुम्निमा र पारोहाङ्( शिव-पार्वती)। चाड़- मंगशीर पूर्णिमा र वैशाख पूर्णिमाका दिनसाकेला पूजा जसमा भूमिको पूजा गरिन्छ।

07) गुरुङ।  गोरखा, मनाङ्,लम्जुङ् र कास्की मूलका निवासीहरू। यस क्षेत्रबाट नेपाल अधिराज्यभरि विस्तृत भईअहिलेको नेपालको पूर्वपट्टिको पुरानो नेपालभरि छरिएर बसेको संस्कार सम्पन्नजाति।  धर्म- बौद्ध र सनातन, बौद्धमादीक्षित हुनु अघि वोन धर्म मान्थे। धर्मस्थल- घ्याङ्। गुरुङहरूमा 12 साले गुरुङपनि छन्, तिनीहरू चाहिँ तामङ नै हुन्। नेपालमा तामङहरूमाथि केही अत्याचार भएकोहुँदा उनीहरू 2012सालमा गुरुङमा मिसिएका हुन् भन्ने चलन पनि छ।

08) लिम्बू। ताप्लेजुङ्, पाँचथर र तेह्रथुम हुँदै भारत, भूटान, मलाया आदिक्षेत्रमा विस्तारित भई विश्वपटलमा अवस्थित आँटी जात।  धर्मः किराँत जसलाई युमा धर्म पनि भनिन्छ।धर्मशास्त्रः मुन्धुम।देवताः तागेरा निवा फुमा वा युमा। लिपिः सिरिजंगा। धर्मगुरुःफेदाङमा।

09) शेर्पा। नेपालको सोलुखुम्बु मूल भएको तथा भारत नेपाल दुवैको हिमालीभेकमा प्रतिष्ठित अनि हिमाल चढ्ने कार्यमा विश्वविख्यात जाति।  रीति-रीबाज तामङको जस्तै अनि कतै कतै केही भिन्नता।

10) घर्ती-भुजेल। बाङ्लुङ् जिल्ला अन्तर्गत मगरातप्रदेशको भुजी र निसी क्षेत्रका मूल निवासीहरू। हिजो- आज स्वयंलाई खवास भन्नरुचाउँछन्। साँस्कृतिक रूपमा मगरहरूबाट प्रभावित छन् तापनि मगरातदेखि बाहिर भनेछेत्री-बाहुनको संस्कारसित आवद्ध छन्। पेशागत हिसाबले विवाह आदिमा कलश बोक्नेलाई कल्स्यौली, डोली बोक्नेलाई डोलेर काम गर्नेलाई पारे , घर्ती आदि नामद्वारा पनि चिनिन्थे। नेपाली परिवेशमा केहीशोषित-पीड़ितको अवस्था बोकेको जात तर आफ्नो इमान्दारिता द्वारा विश्व परिदृश्यमास्थापित हुन आइपुग्दा आर्थिक र शैक्षिक रूपले सम्पन्न सोझो जात।  देवीदेवताः रूख, खोला आदिमा झाँक्री द्वारागरिने प्रकृति पूजा।

11) कुमाल। नेपालको भित्री मधेश र कछाड़ भन्नाले तराईभन्दा केही माथिल्लोभूभागमा बस्ने खेती-पाति गरी आजीविका धान्ने सोझो जात। नेपालदेखि बाहिर रोजगारकोलागि मात्र गएको र पूर्ण रूपमा नेपालमैं स्थापित । देवताः पशुका देवता सामे,नाग-नागेनी,वनखण्ड़ी,मण्डलीवाई, सेमरेवाई, फिरन्तीमाई र चण्डी। पुजारीःधामीझाँक्री।

12) सुनुवार। ओल्लो किराँतका मूल निवासी सुनुवारहरू कोइँच भनेर पनि चिनिनेगरेका छन्।  देवताः पितृ र भूमि।धर्मशास्त्रः मुन्धुम।देवताः भीमसेन।

13) दनुवार। तराईदेखि केही ऊँभो र महाभारत पर्वतदेखि दक्षिणी खोंचमा बस्नेएक प्रकारको सोझो  जाति।  देवी देवताः कुलदेवता, वन देवी र झाँक्री। इष्टदेवताः विहिवानी। गाउँको पूर्वपट्टि रहेको पीपलको फेदमा काठको मूर्ति बनाएरविहिवानीको पूजा गर्ने चलन छ।

14) चेपाङ्।  मकवानपुर, चितवन,गोर्खा र धादिङ्को वरिपरि रहने हायु र थामीसंग भाषा मिल्ने हिमाली जाति।धर्मः झांक्रीवादी,देवताःतकलिङ्-कुलदेवता,नामरुङ्-शिकारका देवता।

15) थामी। दोलखा जिल्लाको उत्तरी भागमा रहने संस्कार सम्पन्न जाति जोनेपालभित्र मात्र नरहेर विश्वमै छरिएर बसेका छन्। देवताःबाह्रदेवा र भूमे।

16) धिमाल।  मोरङ र झापाको उत्तरीभेकमा बस्ने धिमाल जातिलाई मधेशको लिम्बू पनि भन्ने चलन छ। यो जात पनि नेपालकोपहाड़ी क्षेत्रकै जात हो। धिमालहरू वर्तमान भारतको नक्लसबाड़ी इलाकामा पनि सूक्ष्मसंख्यामा बसोबास गर्छन् ।
देवताः जौरागे- पितृदेवता, साकोदीर- घरका देवता।

17) भोटे। नेपालको हिमाली र लेकाली क्षेत्रमा बसोबास गर्ने सेर्पा भन्दाकेही पृथक् जाति। नेपालको हिमाली भेकको पूर्वदेखि पश्चिमसम्मै रहेको र पुरानोनेपाल सहित भूटान तथा अरुणाचल प्रदेशसम्म फैलिएको र तिब्बतीहरूसँग धेरै मिलजुलभएको समूहको रूपमा भोटेलाई लिन सकिन्छ। धर्मः बौद्ध।

18) डोल्पो। डोल्पा जिल्लाको उत्तरी भेगको काली गण्डकीको शिरमा फैलिएकोउपत्यकामा बस्ने र मुस्ताङका ल्होपाहरूसंग झण्ड़ै- झण्ड़ै मिल्ने जाति। धर्मसंस्कृतिः भोटे र सेर्पाको समान र केही फरक।

19) याक्खा।  वर्तमान संखुवासभाजिल्ला मूल थलो भएका याक्खाहरूलाई माझिया, देवान, मुखिया, याक्खा राई र याक्खाकिराँत भनेर पनि जानिन्छ। धर्म संस्कृति राई र लिम्बुकै सरह र यिनीहरू बढ़ीलिम्बूका नजिक छन्। संखुवासभामा मात्र नभएर नेपाल अधिराज्यदेखि बाहिर बसेर पनियाक्खाहरूले आफ्नो पद-प्रतिष्ठाको विस्तारै गरेका छन्। आन्ध्र प्रदेश जस्तो विशालर शिक्षित राज्यको मुख्य सचिवको रूपमा पनि याक्खा-देवानहरू आसीन भएका थिए।

20) थकाली।  मुस्ताङ् जिल्लाकोदक्षिणी भेगमा पर्ने थाक, सात सय खोला क्षेत्रमा आदिकालदेखि बसोबास गर्दै आएकोजनजाति नै थकाली हो। थकालीहरू हाम्रो जातिभित्र सम्पन्न र शिक्षित भित्र पर्नेगर्दछन्। नेपाल अधिराज्यदेखि बाहिर पनि थकालीहरूको वर्चस्व रहेको छ। थकालीहरूकोपरम्परागत धर्म बोन हो तापनि हिजो –आजथुप्रै थकालीहरू बौद्ध धर्ममा दीक्षित भएका छन्। थकालीहरूका पनि थुप्रै भेद छन् ।मार्फाली थकाली पनि यिनैबाट विभाजित हाँगो हुनससक्छ।

21) पहरी। ललितपुर जिल्लाको बड़ीखेल, टीका भैरव,लेले चापागाउँ, काभ्रेकोखोपासी र पलाञ्चोकमा बसोबास गर्ने जनजाति हुन् पहरी। यिनीहरूको भाषा झण्ड़ै तामङसँग मिल्दछ।  देवताः बनिजखाने।

23) छन्त्याल। म्याग्दी र बाग्लुङ्को वरिपरि छरिएको जनजातिलाई छन्त्यालभनिन्छ। गुरुङ् र तामङहरूको भाषा र संस्कृतिसँग यिनीहरूको मिलान देखिएको छ।

24) बोटे। तनहुँ, लमजुङ, गोरखा, स्याङ्जा र गुल्मी आदि क्षेत्रको पुरातनजाति हो बोटे। माझी र दनुवारसँग यिनीहरूको चाल-चलन र रीति-रीबाज मिल्लेगेरकोपाइएको छ। देवताः रुख, ढुंगा, ओढार र नदीलाई पूजा गर्ने प्रकृति पूजक जाति। नेपालदेखिबाहिर भने रोजगारको निम्ति कतै गए पनि नेपालभित्रै मात्र बसोबास।

25) बरामु। गोर्खा, तनहुँ र धादिङ्को वरिपरि बसोबास गर्ने मगरसँग धर्म रसंस्कृतिको मिलान भएको किराँतवंशी पहाडे जात।

26) जिरेल। दोलखाको जिरी र सिन्धुपाल्चोकको वरिपरि बस्ने जसको रूप-रंगसुनुवारहरूसँग मिल्छ भने भाषा चाहिँ सेर्पाहरूसँग मिल्दछ। धर्मः बौद्ध।

27) दुरा। लमजुङ जिल्लाको दुरा डाँड़ा भन्ने क्षेत्रका मूल निवासीदुराहरूको रहन-सहन र संस्कृतिहरू धेरै जसो गुरुङहरूसित मिल्नेगरेको पाइएको छ।देवताः भूमिपूजा,उधौली पूजा, हरेलो पूजा, नार्खू र कुल पूजा। पानी परेन भने पानीहेतु नार्खु पूजा गर्ने दुरा जातिकी एक महिला बिमा कुमारी दुरा नेपाली लोक गीतमामहारथ हासिल गरेकी छिन्।

28) मुगाली। एघारौं शताब्दीको खस राजा नाग राजको पालादेखि मुगु जिल्लाबाटमुगाली जातिहरूको सभ्यता प्राम्भ भएको हो। धर्मः बौद्ध धर्मको निङमापा सम्प्रदायकोशाक्यपा शाखा।

29) मेचे। नेपालको मेची नदी किनारामा बस्ने जाति भएको हुँदा यिनलाई मेचेभनिन्छ। यिनीहरू पहाड़े मूलका हुन् अनि लिम्बु र धिमालहरूकै हाराहारीमा पर्छन्।मेचे जातिहरूका देवता सीउँड़ीको रूख र मद्राई हुन् भने नदीको पूजा पनि उनीहरूधुमधामसित गर्दछन्। मेचेहरूका मुख्य पुरोहितको नाऊ हो – देउसी। नेपालदेखि बाहिर पश्चिम बंगाल र असम प्रदेशमा बस्नेमेचेहरू पनि हाम्रै गोर्खाहरू नै हुन्। कालान्तरमा नेपालको माटो ब्रिटिश इन्डियालेखाएपछि हाम्रा आफ्नै बन्धु-बान्धवहरू हामीदेखि बिराना हुँदैगएका हुन्। देश-काल रभौगोलिक परिस्थितिले गर्दा भारतका मेचेहरू बोड़ो कहलाउँदैगए। एउटै जाति अलग- अलगभए। देवनागरी लिपि चलाउने मेचेहरूको भाषा भोट-बर्मेली र भारोपेली भाषा भन्दा भिन्नछ।

30) लेप्चा।  इलाम जिल्लाकोमाईखोलादेखि पूर्वपट्टि आदिमकालदेखि नै बस्नेगर्दथे लेप्चाहरू। लेप्चाहरू उनीहरूकैआफ्नै सनातन धर्म र बौद्ध धर्म दुवै मान्नेगर्दछन्। उनीहरूको आफ्नै सनातन धर्मभन्नाले मुनलोम धर्म हो। जुन धर्ममा परमात्मालाई तक्वो थिङरम भनिन्छ। लेप्चाजातिका धामी र झाँक्रीहरू लिम्बूबाटै आएका हुन्। यता सिक्किम-दार्जीलिङमा बस्नेलेप्चाहरू पनि एउटै जातिका हुन् । अंग्रेज भारतले नेपालको माटो खाएपछि कोही यताकार उताका भए पनि जाति एउटै हो।

31) तोप्केगोला। ताप्लेजुङ जिल्लाको तोप्केगोला भन्नेठाउँमा बसोबास गर्ने जातिलाई तोप्केगोला भनिन्छ। चाड़पर्वहरूः ठुक्पा छेसी, उचुङनेर चिवा।

34) ल्होपा। मुस्ताङ जिल्लाको उत्तरी भेकमा बस्ने ल्होपाहरू नाका दोर्जेभनेर पनि चिनिन्छन्।यिनीहरूलाई गुरु मन्त्र दिँदा गुरुले दिएको नाम गोप्य राख्नेचलन पनि छ। आफूभन्दा माथिको वर्गलाई विष्ट वा ठकुरीको रूपमा स्थापित गर्छन् भने 48घण्टासम्म व्रतमा बस्ने ल्होपाहरू बोन्पो र बौद्ध धर्म मान्दछन्।

35) राजी। बर्दिया र सुर्खेत जिल्लामा बसोबास गर्ने राजीहरू माछा मार्नेर नदी तार्ने काम गरी आजीविका धान्दछन्। देवताः सुनपाल, देउपाल र रजुबाली।

36) व्यासी। नेपालको दार्चुला जिल्लाका आदि निवासी व्यासीहरू आफूलाईराङ्गो भनेर पनि चिनाउँछन्। मरौको बेला मुर्दालाई खाटैसमेत मसानघाट पुर्‍याएरत्यहाँ घर बनाईकन घरै समेत लाश जलाउने अनौठो प्रथा भएका व्यासीहरूका देवता हुन् –नामजुङ।

37) मार्फाली थकाली। मुस्ताङको थाक खोला भन्दा माथिकोमार्फा भन्ने ठाऊँका आदिवासीहरू नै मार्फाली थकाली हुन्। जन्म संस्कार तिब्बतीपात्रो अनुसार गर्छन् भने मृत्यु संस्कार लामाको आदेश अनुसार 49 दिनमागर्नेगर्दछन् । धर्म र देवताः बोन्पो धर्म। चन, लु,गन्पो,चाचा, अकुपाल्दोङ, जस्तादेवताहरूको उपासना गर्दछन् 12 वर्षपछि आउने चरा वर्षमा ढोङ्तोङ्म्यो नामक देवीकोपूजा पनि गर्दछन्।

38) बाह्रगाउँले। मुस्ताङ जिल्लाको ल्होमान्थाङ भन्दातल, पाँच गाउँ भन्ने बीचको भागभन्दा माथि बाह्र गाउँमा बस्ने एक प्रकारको जाति नैबाह्रगाउँले हुन्। यिनीहरू विष्ट, ठकुरी,गुरुङ आदि थरबाट आफूलाई चिन्हाउँछन्।यिनीहरूकै गाउँमा बोन्पो धर्मको सबभन्दा ठूलो गुम्बा छ। धर्मः बोन्पो र बौद्ध।

39) हायू। काभ्रेपलाञ्चोकको मर्‍याङ खोलानिवासी हायूहरू सिन्धुली,रामेछाप र सर्लाहीतिर पनि छरिएर बसेका छन्। किराँत वंशको सबभन्दा लखुसंख्यकप्रजातिभित्र हायू समाज पर्दछ। किराँत धर्मकै अनुयायी भए पनि हायूहरू चण्ड़ीनाच याचण्ड़ी पूजा गर्दैनन्। किराँत राईहरू सुंगुर पाल्छन् भने हायूहरू पाल्दैनन्। किराँतहरूकै कान्छो भाइको सन्तान हो भन्ने मान्यता भएका हायूहरू देवाली पूजालाईप्रमुख चाड़को रूपमा मनाउँछन्।

40) तीनगाउँले। मुस्ताङ जिल्लाका स्याङ, ठिनी र चिमाङ गाउँमाबस्ने तीनगाउँलेहरूको मार्फाली तम्हाङ थकालीसँग भाषा र केही व्यवहार मिल्दछ।यिनीहरू बौद्ध धर्म र बोन्पो धर्म मान्दछन्। प्रमुख चाड़ हो- तोरनल्ह।

41) ताङ्वे। मुस्ताङको बाह्रगाउँमा पर्ने ताङ्वे गाउँमा बस्नेहरू नै ताङ्वेजाति कहलाउँछन्। यिनीहरूको चाल-चलन बाह्रगाउँले र ल्होपाहरूसँग मिल्दो-जुल्दो छ। धर्मःबौद्ध र बोन्पो।

42) वालुङ। ओलाङचुङ गोलामा बस्ने भएको हुँदा यिनीहरूलाई वालुङ भनिएको होर आफूलाई होलुङ भनेर चिनाउने गर्दछन्। अवलोकितेश्वर भगवान् बुद्धलाई चेरिसी भनेरपुकार्ने वालुङहरूको प्रमुख धर्म बौद्ध रहिआएको छ।

43) सियार गोरखाको उत्तरी भेकमा पर्ने सियार खोलाका किनारमा बस्नेहरू नैसियार जातिको रूपमा स्थापित छन् भने उनीहरू आफूलाई चुम्बा भनेर पनि चिनाउनेगर्छन्। यिनीहरूको चाल-चलन र संस्कृति गुरुङहरूसँग बढ़ी मिल्छ। सामाजिक संगठनकोप्रमुख केन्द्र गुम्बा हो भने धर्म बौद्ध।

44) ल्होमी। संखुवासभाको उत्तरी भेकमा बस्ने ल्होमीहरूलाई सिङसावा रकारभोटे पनि भनिन्छ। यिनीहरूको पनि धर्म बौद्ध रहेको छ।

45) लार्के। गोरखाको उत्तरी भेगका जातिहरू हुन् लार्के। यिनीहरूकै अर्कोनाम हो- नुपृवा। लार्केहरू आफूलाई गुरुङ भनेर पनि चिनाउनेगर्छन्। बौद्ध धर्मकोनिङमापा सम्प्रदायलाई मान्ने लार्केहरू बढ़ी तिब्बती मूलसँग प्रभावित छन् अनिपहाड़-पर्वतको पूजालाई प्राथमिकता दिन्छन्।

46) राउटे। मध्य र सुदुर पश्चिमका मध्य पहाड़ी जिल्लाका जंगलहरूमा ठाउँसरी सरी बस्ने जाति हो राउटे। छाप्रो हालेर बस्ने जाति भएको हुँदा राउटे भनिएको होभन्ने जनश्रुति पनि छ। भोट-बर्मेली र भारोपेलीदिखि भिन्न भाषा भएका राउटेहरूदाह्रे मस्टो र दूधे मस्टोलाई मान्दछन् भने धार्मिक अनुष्ठान र पूजापाठको निम्तिधामी-झाँक्रीको आदेशको अनुमोदन गर्दछन्।

47) ह्योल्मो। हेलम्बु र तार्केघ्याङ् भन्ने ठाउँका निवासी हुन्ह्योल्मोहरू। यिनीहरूको भेष-भूषा शेर्पा र तामङ दुवैसित मिल्छ भने धर्म उनीहरूकैसमान बौद्ध र चाड़-पर्वको रूपमा तामङको घ्याल्बो र शेर्पाको ल्होसार दुवैमनाउनेगरेका छन्।

48) थुदाम। संखुवासभा जिल्लाको उत्तरी भेकमा पर्ने चेपुवाको थुदाम गाउँकानिवासीहरू नै थुदाम हुन्।  यिनीहरू आफूलाईथुदाम्बा र भोटे भन्न रुचाउँछन्। थुदामहरूको सम्बन्ध ढोक्प्या र वालुङसँग रहिआएकोछ भने धुपी-सल्लाबाट धूप बनाएर आजीविका चलाउने थुदामहरू बौद्ध धर्म मान्दछन्।

49) कुसुण्डा। दाङ, प्यूठान, तनहुँ आदि जिल्लामा न्यून संख्यामा रहेको जातिहो कुसुण्डा । कुसुण्डालाई वनमान्छे र वन राजा पनि भनिन्छ। वन-जंगलमा छाप्रो बनाएरबसोवास गर्ने अनि बसाइँ सरिरहने  कुसुण्डाहरू हिजो आजशाही, सेन, ठकुरी र वनराजा भनेर चिनाउने गर्छन्।

50) सुरेल। दोलखा जिल्लाको सरी खोलाको बायाँ तर्फका सुरी दोभान र खहरेगाउँमा बस्ने जनजाति नै सुरेल हो। सुरेलहरू आफूलाई किराँत वंशको मान्दछन्।सुनुवारसँग पनि केही नजिक र राईहरूलेझैं मुन्धुम पनि पढ्दछन् भने आफ्नापुरेतहरूलाई नाक्सो भन्ने गर्दछन्। सुरेलहरूका मुख्य देवी-देवता हुन्-सेतीभूमे,सेतीदेवी,नोकन्छे र इबीरेल।

51) छैरोतन। मुस्ताङको छेरोक गाउँमा बस्ने भएको हुँदा छैरोतन भनिएको होभन्ने प्रमाण छ। छैरोतनहरू आफूलाई तहमाङ थकाली भनेर परिचित गराउँछन्। ऊँच-नीच रभेदभावरहित छैरोतनहरू धामी-झाँक्रीलाई नै बढ़ी मान्दछन्।

52) वनकरिया। मकवानपुर जिल्लाको हाँड़ीखोलाको ट्वाङरा डाँडामा बस्नेवनकरिया जातिका सदस्यहरू चेपाङ जनजातिको नजिकमा देखिन्छन्। धार्मिक संस्कारहरूझाँक्रीहरूबाट गराउँछन् भने देवताको रूपमा वनदेवतालाई मान्ने गर्दछन्।

53)फ्री। पहरी नामक जाति झैं काठमाण्डुको वरिपरि रहने जनजाति हुन् फ्रीपनि। फ्रीहरूलाई नै कँवर पनि भनिन्छ। फ्रीहरू नै कालान्तरमा कँवरमा परिवर्तित भएकोहुनसक्छ। हिजो आज कँवरहरू छेत्रीकै एउटा प्रकारको रूपमा पनि देखिन थालेका छन्।

54) राजवंशी।  नेपालको झापा रमोरङमा बसोवास गर्ने राजवंशीहरू पुराकालमा कोच या कोचे भनेर चिनिन्थे। ईश्वी सन्1515देखि यता उनीहरूलाई राजवंशी भनिनथालिएको हो। राजवंशीहरू नेपालीमूलका नभएरभारतको कोचबिहारमूलका पनि हुनसक्छन् अनि कोशीको किनारमा स्थापित भएको हुँदा कोचहुनसक्ने संभावना पनि देखिन्छ। कोचबिहार मूलका हुनुमा कुनै पनि सन्देह छैन।कोचबिहारमा कोच राजाको राजधानी र असमको गौरीपुर भन्ने क्षेत्रमा पनि राजवंशीहरूकोधरोहर आजसम्म पनि यथावत् छ।

55) गढ़वाली-हिमाचली। वृहद् नेपाल छँदा यिनीहरू पनि हाम्रैजाति हुन्। हालका उत्तराखण्ड़ र हिमाचल प्रदेश पनि कुनै जमानामा नेपालको अधीनस्थथिए। जसरी नेपालभित्र अनेकौं प्रकारका जातिहरू छन् जो कालान्तरमा देश-विदेशसम्मफैलिए। त्यसरी नै उत्तराखण्ड़ र हिमाचलभित्र पनि थुप्रै जातिहरू हाम्रै थिएकालान्तरमा पराया भए। ती जम्मै हाम्रै हुन्। गढ़वाल, कुमाउतिरका थुप्रैहरू हाम्रैडाँड़ा-काड़ाँ र पखेराकै जस्ता देखिन्छन्। बोल्दा मात्र गढ़वाली रहेछ भन्ने पत्तोलाग्छ। सतलुजदेखि सुनकोशभित्र बस्ने जम्मै जाति-प्रजाति हाम्रै हुन्। तालमेलकोअभावमा र नेपाल गरीब भएको हुँदा अनि सिक्किम र दार्जीलिङको सरकारमा विश्वकैनेपालीभाषी जाति समूहको हित गर्ने इच्छाशक्ति र राजनैतिक शक्तिको अभाव भएको हुँदाबिल्लीबाठ भएको छ हाम्रो विश्वव्यापी महाजातिको। अंग्रेज जस्तो महाशक्तिशालीलाईसम्म धुलो चटाउने जात आज भूमिसहितै भारतमा भएर पनि वैदेशिक लाञ्छना भोगिरहेको छ। नेपाल सरकारले गुमेकोमाटो सहितै आफ्नो जाति सम्म गुमाउने निकृष्ट कार्य गरेको प्रतीत हुँदछ।
गोर्खा महाजाति भारतीय मधेशी हैन। (मधेशी शब्द हीनताबोधक वा निन्दनीय  हैन, पहाड़मा बस्ने पहाड़ी र मधेश मूलकोजातिलाई मधेशी भनिएको हो। नेपाली भाषालाई पहाड़े व पर्वते भाषा पनिभनिन्थ्यो।हिमाचल प्रदेशमा बोलिने भाषालाई पहाड़ी पनि भनिन्छ, जो निन्दनीय हैन, स्थानबोधकमात्र हो।  मधीशे अथवा पहाड़िया भनेकोखण्डमा भने निन्दनीय हुनसक्छ।) उपरोक्त जम्मै हाम्रा जातिहरू भारतीय मधेशी हैनन्।तिनीहरू भारतको कुनै पनि ठाउँबाट नेपाल गएर बसेका हैनन्। नेपालको विभिन्न ठाउँ नैतिनीहरूको पैतृक थलो हो। नेपाल वृहद् छँदा र नेपालको सीमा संकुचित भएपछि पनितिनीहरू नेपालकै प्रजाति हुन्। चाहे विश्वको कुनै कुनामा गएर वा जन्मिएर वाभूमिसहितै जुनसुकै देशमा रहे पनि यी जम्मै हाम्रा र ती जम्मै हाम्रा हुन् भन्नेभावनाको खाँचो भएको अनुभव गर्दछु। नेपालको हिमाली परिवेश र तराई-मधेशका जातिहरूकोधर्म कहिल्यै पनि हिन्दू वा ईसाई नरहेको कुरा अनेकौं प्रकारका शोधद्वारा प्राप्तहुँदछ। यी हाम्रा विभिन्न जात-जातिहरूको चाड़बाड़, धर्म, संस्कृति र सभ्यता भारतीयमधेशी हिन्दु सभ्यताभन्दा सर्वथा पृथक् छ।

गयामा हाम्रो जातको चोर पनि छैन। हामी छिमेकमा बुद्ध जयन्ती, साकेला, ल्होसार र दशैं-तिहार मनाउँदा त्योचाड़ त अमुक जातिको हो, हाम्रो हैन, भन्दछौं तर होली र क्रिशमस मनाउने विषयमा भनेसबै कुरा बिर्सिएर अन्धो भैहाल्छौं। यी हाम्रा विभिन्न जातिहरूको चाड़बाड़भित्रहोली र क्रिसमस कहिल्यै पर्दैन तापनि हिजो आज हाम्रो जाति अनेकौं प्रकारका भारतीयमधेशवादी धर्म-सम्प्रदाय र वैदेशिक धर्मका पछि लागेर आफ्नो स्वकीय जातिको धर्म रपरम्परा त्याग गरी भारतीय मधेशी एर्यन् जातिको धर्मलाई अंगीकार गर्नथालेको देखिन्छमात्र हैन, भारतीय मधेशी विस्तारवादी दलदलमा आकण्ठ डुबिसकेको पनि छ। नेपालंमा के थिएन? नेपालको सार्वभौम संस्कृतिलाई महत्वनदिएर विशेष गरेर हाम्रो खस जातिले आफ्नो जातिगत धर्म-परम्परालाई त्याग गरेरभारतीय खोला-नालामा ईश्वरको वास देख्नथालेपछि हाम्रो सम्पूर्ण गोर्खा जातिकै कुभलोभएको हो। भारतका अनेकौं मधेशी धर्म-सम्प्रदायका हाँचभित्र हाम्रो जातलाई सुहाएकोदेखिँदैन। गयामा जहाँ हाम्रो जातको चोरसम्म बस्दैन, त्यस्तो ठाउँमा रातारात बाउकोअस्तु लगेर फ्याँक्ने परम्परालाई नफ्याँकेसम्म हाम्रो जातिको हित छैन। यदिदेहावसान भएका पितृहरूको अस्तु खोलामा फ्याँक्नैपर्छ भने सुनकोश, टिस्टा, सतलुज,गंगा-जमुनाको शिर, कर्णाली, कोशी, गण्डकीहरूमा फ्याँकौ जहाँ हाम्रो अतीत र आगतकोजाति विद्यमान छ। जहाँ हाम्रो अतीत गौरवमय छ अनि आगत र अनागतको उज्ज्वल स्वर्णिमइतिहास लेख्न सकिन्छ। (सतलुज, टिस्टा र सुनकोशको तटमा हाम्रो जातीय स्वाभिमानकोपताका र ऐतिहासिक दस्ताबेजहरूको संगालो गरी हाम्रो पुर्खाले गरेको पैरखको सम्मानपनि गर्नुपर्छ।)
मारबाड़ी, बिहारी र तमिलहरूबाट थुप्रैसिक्नुपर्छ। हामी आफैं बिग्रिएकाहौं। हामीलाई कहिल्यै पनि कुनै अनेपालीभाषी जातिले हाम्रो चाड़-बाड़ तिमीहरूलेमान्नुपर्छ भनेर कर लगाएको छैन। आफ्नो चाड़-बाड़ र परम्पराको वास्ता नगरीअन्यहरूले गरेको मात्र राम्रो र गतिलो हो भन्दै अन्यहरूको सीखो गर्ने चलन हाम्रोजातिमा बढ़ेको देखिएको छ। जातीय एकताको चिन्तन मारवाड़ी समुदायबाट सिक्नुपर्छ।विश्वको कुनै पनि कुनामा बस्ने मारवाड़ी जातिको सदस्य नानीको छेवर गर्न राजस्थानवा हरियाणै पुग्छ। भारतको मात्र त के कुरा गर्ने र मरीशसदेखि लिएर नेपालसम्महाँक्ने बिहारी समुदायका नायके नितीश कुमारले बिहारलाई विशेष राज्यको दर्जादिलाउने मांग गरिरहेका छन्। तमिलहरूले श्रीलंकामा  तमिलमाथि भएको अत्याचारविरुद्ध भारत सरकारकोरवैया ठीक भएन भनेर भारतको केन्द्र सरकारबाट एम करुणा निधिले समर्थन वापिस गरेकाछन् भने भारतको मित्र राष्ट्रको सूचीबाट श्रीलंकालाई हटाउने दबाउ पनि दिइरहेकाछन्। विश्वको जुन सुकै कुनामा बसे पनि सकेसम्म आफ्नी छोरी आफ्नै जातलाई दिने अनि आफ्नी जातकी केटी नपाएको खण्ड़मा जुन सुकै जातकी केटीलाई बुहारी चाहिँ बनाउने परम्परा मारबाड़ी र बिहारीबाट हामीले सिक्नैपर्छ। विश्वको जुन सुकै कुनामा बस्ने हाम्रो जातले पनि नेपालमैं गएर धर्म-कर्म गर्ने हो भने मात्र पनि नेपलभित्रको पर्यटन विकास र माटोप्रेम यथावत् रहनेछ।
गोर्खा गौरववर्षको थालनी।  कुनै जमानामा नेपालकोसीमा पश्चिममा सतलुज र पूर्वमा सुनकोश सम्म थियो। 1700-1792 ईशा-सम्म ब्रिटिशइन्डियाको नक्शाले नेपाल त्यहाँसम्म भएको प्रमाणित गर्दछ। इतिहास साक्षी छ।इतिहासले प्रमाणित गर्दछ कि भारतमा नेपालको थुप्रै जमीन अन्तर्भुक्त भएको छ।हाम्रो भारतमा अन्तर्भुक्त भएको माटो मलाई फर्काइदेओ भनेको हैन तर माटो छ भने जातिपनि छ। जातिको माटो हो। माटोको जाति हो। माटो चाहिँ भारतले खान हुने अनि जातिलाईचाहिँ बेला-बखत उच्छेद गरिने कार्य बन्द गरिनुपर्छ। समय-समयमा भारतका हैकमवादीजातिसमूहद्वारा राजनैतिक र कूटनैतिक स्तरमा धम्काइन्छ भने हाम्रो जातिसमूहबाट पनिमाटोको कुरा निकालिएको हुनुपर्छ। हिजो आज अंग्रेजी नयाँ वर्ष र गोर्खा नयावर्षकोफैसन चलेको छ। दार्जिलिङ-कालेबुङ र सिक्किमतिर कतै गोर्खा नयाँ वर्ष र कतै नेपालीनयाँ वर्षभन्दै वैशाख एक गतेलाई मानेको  देखिन्छ। विक्रमादित्य राजाको नाउँमा चलाइएकोसम्वत् हो विक्रम सम्वत्। विक्रमादित्य कहिले गोर्खा व कहिले नेपाली भए? विज्ञ-जनहरूप्रति यो सोधनी पनि छ। कालगणनाकोलागि विक्रमाव्द ठीक होला तर गोर्खा जातिको नयाँ वर्ष भनेर विक्रम वर्षलाई मान्नुसरासर जातिको स्वाभिमानमा आँच आउने कुरो हो। हाम्रो लागि गोर्खा गौरव वर्षको थालनीगर्नुपर्छ। जसलाई हामी गोर्खाब्द पनि भन्नसक्छौं। त्यसको सही तिथिमितिहुनेछ जुन दिन महाशक्तिशाली अंग्रेजलाई परास्त गरी हाम्रो जातिले सतलुज नदीसम्मनेपालको सीमा स्थापित गरेको थियो। त्यस पवित्र गौरवमय बेलाको  तिथि मितिको खोज गरिनुपर्छ। अनि त्यसै दिनमात्र  गोर्खा-शहीदको सम्मान हुनेछ र त्यही तिथि-मितिलाई गोर्खागौरववर्षकोरूपमा पालन गरिनुपर्छ। गोर्खा नयाँ वर्षको रूपमा हामी बुद्ध जयन्तीलाई पनि पालनगर्नसक्छौं। अवलोकितेश्वर भगवान् बुद्धको जयन्तीलाई नै गोर्खा नयाँ वर्षको रूपमापालन गर्ने हो भने चाँड़ै नै हाम्रो जाति विश्व मानस पटलमा देखा पर्नेछ। हाम्रोजातिको निम्ति विक्रमादित्य भन्दा गौतम बुद्ध नै हितकारी हुनेछन्।
गोर्खाधर्मकोस्थापना।  हामीलाई हा्म्रै परिवेशको धर्म चाहिन्छ। हाम्रै  चेतना भएको धर्मगुरुचाहिन्छ अनि हाम्रै जातीय स्वाभिमानले परिपूर्ण धर्मसंहिता चाहिन्छ जहाँ हाम्राजम्मै जातिका चाड़बाड़ र धर्म-संस्कृतिको समागम हुनसकोस्। जहाँ आएर हाम्रो जातलेथकाइ मार्नसकोस्। हाम्राहरूको आत्मिक सुख हुनसकोस्। साँचै भन्नु हो भने हाम्रो जातविश्वमा अनाथ भएको छ। हाम्रो जातलाई एउटै सूत्रमा बाँध्ने हिमाली परिवेशको धर्मचाहिएको छ जसको निम्ति गोर्खाधर्म नै सही हुनेछ र जस्लाई हामी  हिमाली धर्म पनि भन्नसक्छौं। जहाँ भगवान् पशुपतिनाथ,स्वयम्भूनाथ भगवान्, मुक्तिनाथ भगवान्, किरातेश्वर महादेव, महाकाल बाबा, भगवान्सुम्निमा-पारोहाङ, हिमालेश्वर भगवान् कंचंनजंघा, भगवान् फाल्गुनन्द सरस्वती,जोशमनी पन्थका प्रवर्तक सन्त ज्ञान दिलदास, बुढा नीलकण्ठ, अवलोकितेश्वर भगवान्बुद्ध, मनकामना, गुरु गोरखनाथ, गोरखकाली, पाथीभरा माई,चुरे घाटी र देवी-देउराली, टिस्टा, रंगित लगायतजम्मै जातिका आस्थाहरूलाई एउटै छहारीमनि प्राप्त गर्नसकौं। जय गोर्खा। जय गोर्खाधर्म।। जयगणतन्त्र भारत। जय असंकुचित नेपाल। जय विश्वका शोषित-पीड़ित र उपेक्षित जातिहरू।

सन्दर्भ स्रोतः 
खस जातिको इतिहासः (डा़. बालकृष्ण पोखरेल)
हाम्रो समाज एक अध्ययनः (जनकलाल शर्मा)
नेपालका आदिवासी जनजाति (अन्तर्राष्ट्रीय मञ्च)

Swami Swadeshanand (Kanakdhara Guruji) 
स्वामी स्वदेशानन्द(कनकधारा गुरुजी) 
Sakshi Priya Astrological Research Centre, Metro Point, Gangtok, Sikkim 
Cellone: +919434012165,9435506815, 94748-40572

Powered by Blogger.